arrow

भविष्यको चिन्ताले मुलुक छाड्दै चिनियाँ उद्यमीहरु 

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन १३ सोमबार
chinese-company.png

काठमाडौं । पछिल्लो समय चीन आफ्नो आर्थिक सुधारको लागि मानिसहरुको जीवनमा आफ्नो नियन्त्रण बढाउने क्रममा छ । यसबाट चिनियाँ व्यवसायीमा भविष्यबारे चिन्ता बढ्न शुरु गरेको छ । 

चेन टियाङयोङ सांघाईका एक घरजग्गाको कारोबारी थिए । उनी गत महिना फर्कने कुनै योजना विना नै माल्टा प्रस्थान गरेका थिए । माल्टा पुगेपछि पूर्व न्यायाधीश र वकिलसमेत रहेका उनले आफ्नोबारेमा वर्णन गर्दै २८ पानाको आलेख लेखेका थिए । 

सो आलेखमा उनले आफ्नो चीन छाड्नुको कारण उल्लेख गरेका छन् । उनले चीनको चिनियाँ अर्थतन्त्र डुब्दै गरेको जहाजजस्तो रहेको उल्लेख गरेका छन् । आधार कुनै पनि परिवर्तन नगरीकन यो जहाज अघि बढाउँदा उक्त जहाजका सबै मानिसको ज्यान जानसक्ने उनको भनाइ छ । 

उनले मुलुक छाड्न चाहने आफ्ना सहकर्मीहरुलाई जतिसक्दो चाँडो व्यवस्थापनको लागि आग्रह गरेका छन् । उनले राखेको यो आलेख चिनियाँ इन्टरनेटबाट हटाइएको थियो तर हटाउनुभन्दा पहिला कतिले यसलाई पढे भन्नेबारे भने केही खुल्न सकेको छैन । उनले चिनियाँ नेतृत्वले विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई व्यवस्थित गर्न नसकेको आरोप लगाएका छन् । यसले चिनियाँ कम्पनीको सरकारको भविष्यप्रतिको आशा घट्दै गएको उनको भनाइ छ ।

चीनले आफ्ना नागरिकहरुलाई लामो समयदेखि आजभन्दा भोलिको दिन राम्रो हुने आश्वासन दिँदै आएको छ । यस्तोमा चिनियाँ अनलाइन व्यवसायी वाङ सिङले यस वर्ष यस दशककै सबैभन्दा नराम्रो वर्ष रहेको र अबको १० वर्षको लागि पनि यो वर्ष सबैभन्दा राम्रो वर्ष रहने अनुमान गरे । 

केहीले भने आगामी दिनमा चीनको अर्थतन्त्रमा विस्तार हुने क्षमतामाथि पनि प्रश्न उठाएका छन् । उनीहरुले चीनको दीर्घकालील विकासको योजना भने बढ्दो क्रममा रहेको बताएका छन् । यस्तोमा मानिसहरुमा निराशा बढ्दै गएको उल्लेख गरेका छन् । 

एक सर्वेक्षणमा चीनका केवल एक तिहाइ धनी मानिसले मुलुको आर्थिक विकासमा आशावादी देखिएका छन् । दुई वर्षअघि दुई तिहाइ धनी मानिसले आर्थिक विकासमा विश्वस्त रहेको बताएका थिए । चिनियाँ लगानी कम्पनी प्रिमाभेरा क्यापिटलका संस्थापक फ्रेड हु अहिले चीन आन्तरिक र बाह्य चुनौतीको सामना गरिरहेको बताउँछन् । उनले पछिल्लो ४० वर्षमा चीनको विकमास खुला र आर्थिक संरचना परिवर्तनको कारण भएको बताए । उनीहरुले कुनै विशेष किसिमको विकासको मोडलले चीनको विकास नभएको धारणा व्यक्त गरेका छन् । 

हुको प्रतिक्रिया केही कूटनीतिक छ । पछिल्लो समय व्यवसायीहरु यसबारे डरलाग्दोरुपमा चिन्तित देखिएको उनले बताएका छन् । यस किसिमको निराशाको कारण खराब नीति र खराब नेतृत्व रहेको क्लेरमन्ट म्याकेन्ना कलेजका प्रोफेसर मिनसिन पेईको भनाइ छ । अहिले व्यवसायीमा सरकारलाई आफ्नो आवश्यकता नभएको छाप पर्न पुगेको उनको भनाइ छ । अहिले सरकारको प्राथमिकतामा सरकारी कम्पनीहरु पर्नु निजी क्षेत्र वेवास्तामा पर्नुल पनि व्यवसायीहरु सरकारसँग रुष्ट बन्न पुगेका हुन् । 

पछिल्लो समय व्यवसायी पनि सरकारसँग भयभीत देखिएका छन् । विशेषगरी केही व्यवसायीहरु सरकारको भ्रष्टाचारविरोधी अभियानको क्रममा बेपत्ता भएसँगै उनीहरु आफूले आफैंलाई असुरक्षित महशुस गरिरहेका छन् । चीनले केही निश्चित व्यवसायीलाई मात्र महत्व दिएको अन्य व्यवसायीको आरोप छ । 

पछिल्लो समय अमेरिकासँग जारी व्यापारयुद्धले पनि चीनको अर्थतन्त्रको अबको बाटो कस्तो हुने भन्ने कुराको फैसला गर्नेछ । यस्तोमा चिनियाँ राष्ट्रपति सि चिनफिङले मात्र चिनियाँ अर्थतन्त्रलाई बचाउन सक्ने दाबी व्यवसायीले गर्दै आएका छन् । व्यवसायी चेन भने चीनको अहिलेको देखिएको व्यवसायीलाई मार पर्ने किसिमको नीतिबाट बच्ने एकमात्र उपाय मुलुक छाड्नु नै रहेको बताउँछन् । उनले चीनको अर्थतन्त्रबारे देखिएको विश्वास आगामी दिनमा जारी रहने सम्भावना पनि निकै कम रहेको उनीहरुको भनाइ छ । 

पछिल्लो समय चिनियाँ लगानीकर्ताको अमेरिकामा लगानी गर्ने क्रम बढेको छ । चेनले लामो समयदेखि चीनको शासनबाट पार पाउनका लागि प्रयास गरेका थिए तर अन्ततः उनले माल्टामा आफ्नो भविष्य सुरक्षित देखेका हुन् ।  उनी अझै पनि चीनको कम्युनिष्ट शासनबाट पार पाउने एकमात्र उपाय मुलुक छाड्नु रहेको बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ