arrow

भारत–पाकिस्तान क्रिकेट विवादको सहजीकरण आइसीसीद्धारा, बैठक बुधबार

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
india-pakistan-cricket.jpg

काठमाडौं । जम्मु–कश्मीरको पुलवामामा भएको आतंककारी आक्रमणपछि भड्किएको भारतले पाकिस्तानसंग विश्वकप क्रिकेटमा नखेल्ने जनाएपछि क्रिकेट क्षेत्रमा तनाव बढेको छ । 

सबैभन्दा बढी चुनौती अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीलाई छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आइसीसीलाई पत्र नै लेखेर आतंकवाद बढाउने देशसंग क्रिकेट नखेल्ने जनाएको छ । 

यो विषयमा आइसीसीले अहिलेसम्म केही बोलेको छैन । आगामी जुन १६ तारिखमा इंगल्याण्डमा हुने एक दिवसीय विश्वकपको समूह चरणमा भारतले पाकिस्तानसंग खेल्नुपर्नेछ । 

भारतले पाकिस्तानसंगको खेल त्यागे पनि सेमिफाइनलमा पुग्ने र खेलमा कुनै फरक नपर्ने दावी गर्दै आइरहेको छ । सचिन तेन्दुलकर र सुनील गभास्करजस्ता दिग्गज क्रिकेटरहरुले भारतले पाकिस्तानलाई हराएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । 

यता आइसीसीले यस विषयमा बुधबार हुने बैठकमा निर्णय गर्न सक्ने बुझिएको छ । दुबईमा बस्ने मुख्य कार्यकारीहरु सीइसीको बैठकमा यो विषयमा निर्णय हुन सक्ने देखिएको हो । 

बैठकले भारतलाई म्यान्चेस्टरमा हुने भारत पाकिस्तानबीचको खेलको सुरक्षा शंका निवारण गर्ने प्रयास गर्न सक्ने बुझिएको छ । 

सीइसीले भारत र पाकिस्तानबीचको खेलको मुद्दामा केही पनि नबोल्ने सम्भावना रहेको बताइएको छ । किनकि सीइसीको विश्वास छ – क्रिकेट खेल्ने हरेक राष्ट्रमा केही न केही समस्या छ र खेलबाटै समस्याहरु समाधान गर्न सकिन्छ ।

पछिल्लो पटक भारत र पाकिस्तानले दुबईमा एसिया कप खेलेका थिए । जहाँ भारत विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ