arrow

इरानी विदेशमन्त्रीको आकस्मिक राजीनामा 

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार

काठमाडौं । इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफले आकस्मिक राजीनामा दिएका छन् । विदेशमन्त्री जरिफले इन्स्ट्राग्राममार्फत् राजीनामा दिएको घोषणा गरेका हुन् । 

उनले राजीनामा दिनुको स्पष्ट कारण भने खुलाएका छैनन् । जरिफले सन् २०१५ मा अमेरिकासँगको परमाणु सम्झौताका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

तर पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो सम्झौता रद्द भएको घोषणा गरेका थिए । ५९ वर्षीय जरिफ सन् २०१३ देखि इरानको विदेशमन्त्री बनेका थिए । उनले सरकारबाट आफ्नो कार्यकालका बेला भएका गल्तीको माफीसमेत मागेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ