arrow

किम भियतनाम पुगे, ट्रम्प जाँदै 

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
kim6.jpg

काठमाडौं । उत्तर कोरिया र अमेरिकाबीचको दोस्रो ऐतिहासिक वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ–उन लामो रेल यात्रापछि भियतनाम पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि किम भियतनाम पुगेका छन् ।

आफ्नै निजी रेलबाट उनी भियतनाम पुगेका हुन् । किमले रेलबाट ओर्लिँदै गर्दा आफ्नो स्वागतका लागि आएकाहरुलाई अभिवादन गरेका छन् । किम रेलबाट ओर्लिएर मर्सिडिज बेन्ज कारमा चढे ।

North Korea"s leader Kim Jong Un (C) arrives at the Dong Dang railway station

उनी चीन हुँदै भियतनाम पुगेका हुन् । ट्रम्प पनि भियतनाम जाने क्रममा रहेका छन् । 

यस्तो छ वार्ताको तयारी 
ट्रम्प र किमबीच गत वर्ष सिंगापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो । गोर्खा सेनाको निगरानीमा भएको वार्तालाई सुरक्षाका दृष्टिले निकै सफल मानिएको थियो । 

यसपटकको वार्तामा पनि सुरक्षा रणनीति बलियो पारिएको छ । भियतनामको राजधानी हानोइमा बुधबार र बिहीबार हुने वार्ताको तयारी पूरा भएको जनाइएको छ ।

पहिलो वार्तामा उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम बन्द गर्न सहमत भएको थियो । भियतनामको दोस्रो वार्तामा पहिलो वार्तामा भएका सम्झौता कार्यान्वयनको समीक्षा हुने तथा नयाँ रणनीतिसहितको सम्झौता हुने बताइएको छ । 

किम आफ्नी बहिनी किम यो जोङ र प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोलसंगै भियतनाम गएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ