arrow

भारतद्धारा पाकिस्तानमाथि आक्रमण, तीन सय आतंककारी मारिए

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
India-pakistan.jpeg

काठमाडौं। भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको छ। आक्रमणमा तीन सयसम्म आतंककारी मारिएको दावी भारतीय संचारमाध्यमहरुले गरेका छन् । 

बालाकोट, मुजफ्फराबाद र चकोटीमा भएका आतंकवादी समूह मारिएका हुन् । आतंकवादी समूह जैस ए मोहम्मदको अल्फा थ्री कन्ट्रोल ध्वस्त भएको दावी गरिएको छ । 

१२ विराज –२००० विमानले एक हजार किलोको बम गिराएको बताइएको छ । पुलवामा हमलाको १२ दिनपछि भारतले पाकिस्तानमै छिरेर आतंककारी ठेगानामा हमला गरि मारेको हो। २१ मिनेटसम्म भारतले बमबारी गरेको जनाइएको छ । 

मंगलबार बिहान ३ः४५ बजे आक्रमण गरिएको भारत सरकारका अधिकारीहरुले जनाएका छन्। 

आक्रमण अघि र पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको उच्चस्तरीय वैठक पनि बसिरहेको छ । 

नरेन्द्र मोदी प्रधानमन्त्री भए यता ८८० दिनपछि दोस्रो सर्जिकल स्ट्राइक गरिएको हो । ८८० दिन अघि पहिलो सर्जिकल स्ट्राइक भारतले गरेको थियो । 

काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले पनि भारतीय बायुसेनाप्रति सलाम गरेका छन् । 

पाकिस्तानी विदेश मन्त्रीले भारतले आक्रमण गरेको स्वीकारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ