भारतद्धारा पाकिस्तानमाथि आक्रमण, तीन सय आतंककारी मारिए
प्रकाशित २०७५ फागुन १४ मंगलबार
427
Shares
काठमाडौं। भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको छ। आक्रमणमा तीन सयसम्म आतंककारी मारिएको दावी भारतीय संचारमाध्यमहरुले गरेका छन् ।
बालाकोट, मुजफ्फराबाद र चकोटीमा भएका आतंकवादी समूह मारिएका हुन् । आतंकवादी समूह जैस ए मोहम्मदको अल्फा थ्री कन्ट्रोल ध्वस्त भएको दावी गरिएको छ ।
१२ विराज –२००० विमानले एक हजार किलोको बम गिराएको बताइएको छ । पुलवामा हमलाको १२ दिनपछि भारतले पाकिस्तानमै छिरेर आतंककारी ठेगानामा हमला गरि मारेको हो। २१ मिनेटसम्म भारतले बमबारी गरेको जनाइएको छ ।
मंगलबार बिहान ३ः४५ बजे आक्रमण गरिएको भारत सरकारका अधिकारीहरुले जनाएका छन्।
आक्रमण अघि र पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको उच्चस्तरीय वैठक पनि बसिरहेको छ ।
नरेन्द्र मोदी प्रधानमन्त्री भए यता ८८० दिनपछि दोस्रो सर्जिकल स्ट्राइक गरिएको हो । ८८० दिन अघि पहिलो सर्जिकल स्ट्राइक भारतले गरेको थियो ।
काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले पनि भारतीय बायुसेनाप्रति सलाम गरेका छन् ।
पाकिस्तानी विदेश मन्त्रीले भारतले आक्रमण गरेको स्वीकारेका छन् ।