arrow

नयाँ दिल्ली र इस्लामावादमा बृहद् आपतकालीन बैठक चल्दै

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
India_pakistan1.jpg

काठमाडौं । भारतले दोस्रो पटक सर्जिकल स्ट्राईक गरेपछि सो विषयमा अहिले नयाँ दिल्ली र पाकिस्तानी राजधानी इस्लामावादमा आपत्कालीन बैठक चलिरहेको छ। भारतको नयाँ दिल्लीमा प्रधानमन्त्री मोदी, रक्षा मन्त्री निर्मला सितारमण र अर्थमन्त्री अरुण जेट्लीबीच वृहद् वार्ता चलिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

उता पाकिस्तानमा पनि भारतीय वायुसेनाको कारवाहीको मध्यनजर गर्दै पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले इस्लामावादमा आपातकालीन बैठक बोलाएको रेडियो पाकिस्तानले जनाएको छ । कुरेईसीले भारतलाई चेतावनी दिँदै पाकिस्तानलाई चुनौती नदिन भनेका छन्। उनले पाकिस्तान सधैं शान्तिको पक्षमा रहेको आफूहरु पनि आतंकवादको विपक्षमा रहेको बताएका छन् । 

भारतमा मोदीले सुरक्षा सल्लाहकार अजित डोभालसँगै वरिष्ठ मन्त्रीहरुसँग समेत यस विषयमा छलफल गरिरहेका छन्। पाकिस्तानमाथि हमला गर्न गर्न गएको भारतीय युद्धपोत विमान पाकिस्तानले प्रतिकार गर्न खोजेपछि भारतीय विमान त्यसै फर्किएको पाकिस्तानको दावी छ । पाकिस्तान शासित कश्मिरको ४ माईल भित्रसम्म युद्धपोत विमान लिएर पुगेको भारतमाथि पाकिस्तानले प्रतिकार गर्ने प्रयास गरेको थियो । सोही क्रममा तोकिएको ठाउँमा नपुगि फर्किएको भारतीय युद्ध पोत विमानले हजार किलोको बम खसालेको पाकिस्तानी दावी छ । 

भारतले मंगलबार विहान ३ बजेतिर १२ मिराज २०००भारतीय लडाकू जेट विमानमा बम सहित पाकिस्तान शासित काश्मिरभित्र छिरेको थियो । सो विमानले फर्किने क्रममा ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा रहेको आतंकवादी क्याम्पमा हमला गरेको बताएको छ । तर, पाकिस्तानी मिडियाहरुले भने बम खसालिएको ठाउँ जैस ए मोहम्मदको क्याम्प रहेको बारे खुलाएको छैन ।  

उता, भारतीय मिडियाहरुले भने बम खसालिएको ठाउँ जैस ए मोहम्मदको क्याम्प नै रहेको दाबी गरेको छ । सो क्याम्पमा रहेका २०० लडाकू मरेको पनि भारतीय मिडियाको दाबी छ । पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै फर्किने बेलामा भारतीय जहाजले हतारमा विस्फोटक पदार्थ खसालेको स्वीकारेका छन् । तर सो आक्रमणमा २–३ सय मानिस मरेको भन्नेबारे भने उनले केही पनि उल्लेख गरेका छैनन् । 

उता, पाकिस्तानी सरकारी टेलिभिजन च्यानल पाकिस्तान टिभीले पनि मान्छे मरेको विषयमा केही उल्लेख गरेको छैन। पाकिस्तानले मंगलबार बिहान नै भारतीय जहाज ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको बताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ