काठमाडौं । भर्खरै सामसुङ ग्यालेक्सी एस१० सार्वजनिक गरेको छ । कम्पनीले एस सेरिज ल्याएको १० वर्षपछि यो उत्पादन सार्वजनिक गरेको हो । यस्तोमा कम्पनीले यो सेरिज बन्द गर्ने तयारी गरिरहेको समाचार आएको छ ।
दक्षिण कोरियन वेबसाइट योन्हापका अनुसार एस१० सो सिरिजको अन्तिम स्मार्टफोन हुनसक्छ । प्रतिवेदनअनुसार कम्पनीले आफ्नो एस सेरिज प्रयोगकर्ताले लामो समय नरुचाउने बताएको छ । जसको कारण कम्पनी एस सेरिजको ११, १२ १३ शुरु गर्नुभन्दा नयाँ उत्पादन ल्याउनसक्ने बताइएको छ ।
समसुङले अहिलेसम्म नयाँ उत्पादनको नामको विषयमा कुनै जानकारी भने दिएको छैन । सन् २०२० मा कम्पनीले नयाँ सिरिजको रुपमा यो स्मार्टफोन सार्वजनिक गर्नसक्छ ।
भर्खरै कम्पनीले आफ्नो ग्यालेक्सी एस१०, ग्यालेक्सी एस१०प्लस र ग्यालेक्सी एस१०ई स्मार्टफोनहरु सार्वजनिक गरेको थियो । यी स्मार्टफोनहरु मार्च ८ देखि अनलाइनमा पाइनेछ । यी स्मार्टफोनका लागि २१ फरवरीदेखि प्रि–अर्डर शुरु भएको छ ।