arrow

फोगाट परिवारकी साइली छोरीले लिइन् 'दंगल' बाट सन्यास

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
RITU-FOGAT.jpg

काठमाडौं । भारतमा महिला कुस्तीलाई पहिचान दिने फोगाट परिवारकी साइली छोरी ऋतु फोगाटले कुस्तीबाट सन्यास लिएकी छन् ।  गीता फोगाट र बबिता फोगाटकी कान्छी बहिनी ऋतुले कुस्ती छोडेर मिक्स्ड मार्शल आर्टमा भाग लिने निर्णय गरेकी हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार ऋतु सिंगापुरको इवल्फ फाइट टीममा सामेल भएकी छन् । खबरका अनुसार ऋतुले भनेकी छन्,' म आफ्नो निर्णयबाट निकै उत्साहित छु । मैले कुस्ती छोडेर यस  इभेन्टलाई यसकारण चुनेकी म मिक्स्ड मार्शल आर्टमा देशको पहिलो वर्ल्ड च्याम्पेन बन्न सकु । ’

२४ बर्षीय ऋतुलाई निकै प्रतिभाशाली महिला रेसलरको रुपमा मानिन्छ । उनिले ४८ किलोग्रामको क्याटोगेरीमा २३ बर्ष मुनिको वर्ल्ड च्याम्पेनशिपको सिल्वर मेडल जिति सकेकी छन् ।

ऋतुको सो निर्णयसँगै भारतीय कुस्ती फेडरेशनलाई झड्का लागेको छ ।  फेडरेशनका एक अधिकारीले भने,' मलाई विश्वास लागि रहेको छैन की ऋतुले यति शानदार संभावना भएको करियर छोडेर यो निर्णय लिएकी छिन् । अब उनको लागिकुस्तीमा फिर्ता हुने सबै बाटो बन्द भएको छ ।'

ऋतुको परिवारका दुवै दीदी गीता र बबिताको सफलता माथि 'दंगल' नामको चलचित्र बनिसकेको छ । जसमा  अभिनेता आमिर खानले  हरियाणाका पहलवान  महावीर सिंह फोगाटको भुमिका निभाएका छन् । चलचित्रमा महावीर सिंहले समाजमा छोरिहरु प्रतिको नकारात्म दृष्टिकोणलाई तोड्न सफल देखिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ