arrow

कहाँ खसाल्यो भारतले बम, एलओसीको बालाकोटमा कि ८० किमि पर ?  

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
BOOM_India.jpg

काठमाडौं । मंगलबार दक्षिण एशियाली सञ्चारमाध्यमहरुमा भारतले मंगलबार राती गरेको एयर स्ट्राईकको बारेमा नै समाचारहरु व्यापक आईरहेका छन् । भारत र पाकिस्तानमा त झनै यो विषयले चर्चा पाउनु स्वभाविक नै भएको छ । भारतले पाकिस्तानको बालाकोट भन्ने ठाउँमा बम खसालेर ३ सय भन्दा बढी आतंककारी मारेको आरोप लगाएको छ । तर, यसलाई भारतले अस्वीकार गर्दै आएको छ । तर, दुबै पक्षले अहिले बालाकोट भन्ने ठाउँको विषयलाई भने चर्चामा ल्याएका छन् । 

पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानमा दुई वटा बालाकोट भन्ने ठाउँ रहेको छ । एउटा लाईन अफ क्रेडिट नजिकै रहेको छ भने अर्काे ८० किलोमिटर टाढा रहेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफुरले भारतले लाईन अफ क्रेडिट नजिकको बालाकोटमा बम खसालेको बताएका छन् । मंगलबार विहान ट्वीट गर्दै उनले यस्तो जानकारी दिएका हुन् । तर, भारतले भने ८० किलोमिटर पर रहेको बालाकोटमा बम खसालेको दाबी गरिरहेको छ । 

भारतले मंगलबार विहान ३ बजेतिर १२ मिराज २०००भारतीय लडाकू जेट विमानमा बम सहित पाकिस्तान शासित काश्मिरभित्र छिरेको थियो । सो विमानले फर्किने क्रममा ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा रहेको आतंकवादी क्याम्पमा हमला गरेको बताएको छ । तर, पाकिस्तानी मिडियाहरुले भने बम खसालिएको ठाउँ जैस ए मोहम्मदको क्याम्प रहेको बारे खुलाएको छैन ।  

उता, भारतीय मिडियाहरुले भने बम खसालिएको ठाउँ जैस ए मोहम्मदको क्याम्प नै रहेको दाबी गरेको छ । सो क्याम्पमा रहेका २०० लडाकू मरेको पनि भारतीय मिडियाको दाबी छ । पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै फर्किने बेलामा भारतीय जहाजले हतारमा विस्फोटक पदार्थ खसालेको स्वीकारेका छन् । तर सो आक्रमणमा २–३ सय मानिस मरेको भन्नेबारे भने उनले केही पनि उल्लेख गरेका छैनन् । 

उता, पाकिस्तानी सरकारी टेलिभिजन च्यानल पाकिस्तान टिभीले पनि मान्छे मरेको विषयमा केही उल्लेख गरेको छैन। पाकिस्तानले मंगलबार बिहान नै भारतीय जहाज ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको बताएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ