विवाह गर्दै रणवीर र आलिया, अस्वीकार गरे नयाँ चलचित्र
प्रकाशित २०७५ फागुन १४ मंगलबार
365
Shares
काठमाडौं । आलिया भट्ट र रणवीर कपूर बलिउडका चर्चित जोडी हुन् । साथै उनीहरु दुवै अयान मुखर्जीको चलचित्र ‘ब्रह्मास्त्र’ मा पनि सँगै देखिँदैछन् । यी दुईले धेरैजसो समयसँगै बिताउने गरेका छन् । उनीहरुले अब छिटै नै विवाह गर्नसक्ने बताइएको छ ।
ब्रह्मास्त्रपछि उनीहरुलाई आएको एक नयाँ चलचित्रको प्रस्ताव उनीहरुले अस्वीकार गरेका छन् । बलिउडको एक ठूलो कम्पनी आफ्नो प्रोजेक्टको प्रचारको लागि आलियालाई साइन गराउन चाहन्थ्यो तर उनीहरु दुवैले यसको हिस्सा बन्न अस्वीकार गरेका हुन् ।
समाचारमा बताइएअनुसार आलिया र रणवीर आफ्नो विवाहअघि अब कुनै पनि चलचित्रमा काम नगर्ने मनसायम रहेका छन् । अहिले आलिया भट्टको ‘गली ब्वाई’ चलचित्रले निकै राम्रो कमाइ गरिरहेको छ ।
चलचित्रमा रणवीर कपूरले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । चलचित्रका निर्देशन जोया अख्तरले गरेकी छिन् ।