arrow

पाकिस्तानी सेनाले भन्यो, भारतले बम खसालेको ठाउँ सर्वसाधारण बस्ती

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
asir-ghhafoor.jpg

काठमाडौं । पाकिस्तानी सेनाले भारतले सर्वसाधारण बस्तीमा बम खसालेको आरोप लगाएको छ । यदि पाकिस्तानले सर्वसाधारणको बस्तीमा नै भारतले बम खसालेको कुरा पुष्टि गरी संयुक्त राष्ट्र संघमा गयो भने त्यो भारतको लागि महंगो पर्नसक्ने बताईएको छ । यद्यपि भारतले त्यो आक्रमण आतंकवादीको क्याम्पमाथि भएको दाबी गर्दै आएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिल घाफुरले प्रेस कन्फ्रेन्सको समय यस्तो आरोप लगाएका हुन् । उनले यो आक्रमणको जवाफ फरक तरिकाले दिने चेतावनी समेत दिएका छन् । उनले भारतीय युद्धपोत विमान पाकिस्तानी आकाशमा २१ मिनेट बसेको दाबी गरेका छन् । पत्रकार सम्मेलनमा उनले भने भारतको यो आक्रमणको निशाना सर्वसाधारणमाथि लागेको छ । तर, उनले त्यो आक्रमणमा कति जना सर्वसाधारण परे भन्नेबारे भने केही पनि बताएनन् ।

उनले भनेका छन् हामी यस घटनाको फरक तरिकाले बदला लिनेछौं । त्यो तिम्रो(भारत)लागि सप्र्राईज हुनेछ । उनले मुजफ्फपुरबाट प्रवेश गरेको भारतीय विमानलाई पाकिस्तानी सेनाले समयमा नै प्रतिकार गरेकोले फर्किएको जनाएको छ । सो घटनापछि बसेको पाकिस्तानी सुरक्षा परिषद्को बैठकले समय र परिस्थिती मिलाएर यस घटनाको बदला लिने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ