arrow

पाकिस्तानले भन्यो – भारतीय आक्रमणको जबाफ दिइने छ 

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
pakistan4.jpg

काठमाडौं । पाकिस्तानले भारतीय आक्रमणको उचित जवाफ दिने बताएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेर पाकिस्तानको सम्प्रुभताको उल्लङ्घन गरेको भन्दै त्यसको उचित जबाफ दिइने बताएका छन् ।

आफ्नो वायुसेनाका विमानहरूले बम हानेर पाकिस्तानमा रहेको लडाकु समूह जैश–ए–मोहम्मदको शिविरमा ध्वस्त पारिदिएको दाबी भारतीय पक्षले गरेको छ भने पाकिस्तानी सेनाले भारतीय विमानहरूलाई लखेटिएको बताएको छ ।

मङ्गलवार बिहान भएको घटनापछि पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको सुरक्षा परिषद्को आपतकालीन बैठकपछि जारी विज्ञप्तिमा भारतको दाबीको खण्डन गरिएको छ।

पािकस्तानले सो आक्रमण अनावश्यक रहेको भन्दै उचित समयमा आफ्नै किसिमले प्रत्युत्तर दिने बताएको हो । 

प्रधानमन्त्री खानले सेना र सर्वसाधारणलाई जस्तोसुकै परिस्थितिका लागि तयार रहनसमेत भनेका छन् । 

भारत र पाकिस्तानबीच कश्मीर विवाद मुख्य जडका रुपमा रहँदै आएको छ । यसकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईचोटि युद्ध भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ