arrow

रातभर सुतेनन् मोदी 

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
modi-7591.jpeg

काठमाडौं । भारतले मंगलबार बिहान वायुसेनाका लडाकु विमानमार्फत पाकिस्तानमा गरेको आक्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नियालिरहेका थिए । भारतीय संचारमाध्यमहरुका अनुसार मिसनमा निस्किएका लडाकु विमान फिर्ता नआउन्जेल मोदी जाग्राम थिए । 

जब भारतको दावी अनुसार पाकिस्तानको बालाकोटमा आतंकवादी समूह जैश ए मोहम्मदका अड्डाहरु धस्त पारेर लडाकु विमान सुरक्षित फर्किए तबमात्र मोदीले चैन लिए । 

उनले बिहान ४ः३० बजे बधाइ दिएर नियमित दैनिकीमा लागेको बताइएको छ । बिहान १० बजे नै उनी मन्त्रिमण्डलको सुरक्षा मामला समितिको बैठकमा गए भने दिनभर व्यस्त नै रहे । 

दिनभर कार्यक्रममा व्यस्त भए पनि उनी मंगलबार रातिसमेत सुतेनन् । भारतको एक्सन उनले नियालिरहेका थिए । 

उनले रातभर नसुती भारतको गतिविधि नियालेका थिए । प्रधानमन्त्रीको निकट सूत्र प्रयोग गर्दै नवभारत टाइम्स लेख्छ –रक्षामन्त्री निर्मला सीतारमण, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र वायुसेना प्रमुख बीएस धनोआसंग सम्पर्कमा रहेर उनले गतिविधि नियालिरहेका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ