काठमाडौं । स्टार खेलाडीहरु नेयमार, केलियन एम्बाप्पे र इडिन्सन काभानी बिना नै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी कोपा डे फ्रान्स लिग कप नकआउट फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा डिजोनमाथि ३–० को जित निकाल्दै पिएसजी सेमिफाइनलमा पुग्न सफल भयो ।
शीर्ष खेलाडीहरु चोटग्रस्त भएकाले मैदानमा उत्रन सकेनन् । तर त्यो अभावलाई एन्जल डि मारियाले पुरिदिए । मारियाले दुई गोल गरे ।