जम्मू–काश्मिरमा भारतीय सेनाको विमान दुर्घटना, दुईको मृत्यु
प्रकाशित २०७५ फागुन १५ बुधबार
544
Shares
काठमाडौं। बुधबार जम्मू–काश्मिरको बुडगम जिल्लामा इन्डियन एयर फोर्स (आईएमएफ)को विमान दुर्घटना भएको छ। अधिकारीले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ ।
दुर्घटनास्थलमा २ जनाको शव फेला परेको हो । बुडगामका एसएसपीले आईएएफका प्राविधिक आएर घटनास्थलको अनुसन्धान गर्ने बताएका छन्। स्थानीय समयअनुसार बिहान १०:०५ मा सो विमान गारेन्ड कलान गाउँमा दुर्घटना भएको हो। विमान दुई भागमा टुक्रिएको थियो र आगो लागेको थियो। एकजनाका शव घटनास्थल नजिकै फेला परेको थियो।
मृत्यु हुनेको पहिचान भने हुन सकेको छैन। के कारणले विमान दुर्घटना भएको हो भन्ने विषयमा भने केही जानकारी आएको छैन।