arrow

रुबिनाको ह्याट्रिकले नेपालद्धारा कुवेत पराजित, छनोट हुन असफल

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
nepal-woman-cricket.jpg

काठमाडौं । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप टी–२० क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित ३० रनले हराएको छ । 

बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्य पछ्याएको कुवेतले ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि कप्तान मार्याम ओमारले सर्वाधिक २९ रन जोडिन् । कुवेतलाई सस्तैमा समेट्ने क्रममा कप्तान रुबिना क्षेत्रीले ह्याट्रिकसहित ३ विकेट लिईन् । 

रुबिनाले अन्तिम ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिएकी थिईन् । करुणा भण्डारीले पनि ३ विकेट लिइन् । त्यसैगरी नेरी थापा र कविता कुँवरले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनाएको थियो  ।

बिन्दु रावलले नटआउट २८ रनको योगदान दिईन् । कप्तान रुबिना क्षेत्रीले  १३ बलमा ३ चौकासहित २२ रन बनाईन् । यस्तै नेरी थापाले १९ रन बनाइन् । 

अन्तिम खेलमा कुवेतलाई पराजित गरेपनि नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । कुवेतलाई फराकिलो अन्तरले पराजित गर्न नसक्दा नेपाल रन रेटमा थाइल्याण्डसंग पछि परेको हो । 

जितसंगै नेपालले ६ खेलबाट १० अंक जोडेको छ ।  नेपाल दोस्रो स्थानमा रहेको छ । रनरेटमा थाइल्याण्ड अगाडि छ । त्यसैगरी अन्तिम खेलमा थाइल्याण्ड र युएई खेल्दैछन् । थाइल्याण्ड जित वा बराबरीले तथा ८ अंकको युएई फराकिलो जितले उपाधि विजेता बन्नेछ । नेपाललाई अब यो खेलको नतिजाले फरक पार्ने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ