arrow

पाकिस्तानी सेनाको एफ–१६ विमान खसालेको भारतको दाबी

पाकिस्तान भन्छः हामीले दुईवटा झार्‍यौं 

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन १५ बुधबार
IAF-fighter-plane-crash.jpg

काठमाडौं । पाकिस्तानी सेनाको एफ–१६ विमान भारतीय भूमिमा खसालिएको भारतीय समाचार एजेन्सीले बताएका छन् । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तानी विमान सीमा पार गरी जम्मू काश्मिरको नौशेरामा छिरेसँगै भारतले उक्त विमान खसालेको हो । 

पीटीआईले पाकिस्तानी विमानले भारतमा छिरेर बमसमेत प्रहार गरेको दाबी गरेको छ । एएनआईले उक्त विमान भारतीय सीमामा तीन किलोमिटरसम्म छिरेको थियो । यो विमानबाट एक प्यारासुट पनि झरेको देखिएको थियो तर पाइलटको अवस्थाबारे कुनै जानकारी भने आएको छैन । 

पीटीआईले यो विमानबाट भारतलाई कुनै नोक्सानी नभएको उल्लेख गरेको छ । भारतले जम्मू काश्मिरको सुरक्षा व्यवस्था निकै कडा बनाएको छ । साथै जम्मू, श्रीनगर र लेह विमानस्थलको सबै उडान रद्द गरेको छ । यस विषयमा भारतले भने आधिकारिक पुष्टि गरेको छैन । नौशेरा लाइन अफ कन्ट्रोल (एलओसी)सँग जोडिएको क्षेत्र हो । 

पाकिस्तानले भने पाकिस्तानी सीमामा छिरेका दुई भारतीय विमान झारेको दाबी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता माज गेन आसिफ घफूरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पाकिस्तानको नियन्त्रणमा रहेको आजाद काश्मिरमा दुई भारतीय विमान खसालिएको दाबी गरेका छन् । उनले विमानका एक भारतीय पाइलट पनि पक्राउ परेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ