arrow

वेद र विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
bedh.jpg

काठमाडौँ । वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा हुने सम्मेलनमा वैदिक विज्ञानका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

सम्मेलनमा वेद र विज्ञानका अन्तर्राष्ट्रियस्तरका विद्वान्को सहभागिता रहने जनाइएको छ । कार्यक्रममा वैदिक र आधुनिक विज्ञानका बारेमा छलफल हुने फाउन्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए।

सम्मेलनमा वेदलाई आधुनिक विज्ञानले प्रमाणित गरेका सन्दर्भमा वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नेछन्। कार्यक्रममा वैदिक शिक्षा, स्वास्थ्य, कृषि, वास्तुलगायत विषयमा पनि छलफल हुनेछ । कार्यक्रममा विश्वशान्तिका लागि योग, ध्यान र वैदिक यज्ञका माध्यमबाट पर्ने प्रभावका बारेमा वैज्ञानिक रुपमा गरिएको अध्ययनका बारेमा प्रस्तुतिसहित छलफल गरिने छ । विश्व शान्तिका लागि हाल नेपालका ७५ गुरुकूलमा वैदिक रुद्राभिषेकसहित योग र ध्यानको कार्यक्रम सञ्चालन भइरहेको फाउन्डेशनले जनाएको छ ।

वैदिक गुरु परम्पराबाट आएको यो ज्ञानको पछिल्लोपटक महर्षि महेश योगीले विश्वव्यापीरुपमा जागरण गरेकाले महर्षिका नाममा संस्था स्थापना गरी गतिविधि भइरहेको जनाइएको छ । हाल विश्वका १९२ देशमा भावातीत ध्यान र सिद्धि कार्यक्रमका नाममा यो ज्ञान दिने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ