arrow

पाकिस्तानी सेनाले किन गर्दैछ पत्रकार सम्मेलन ?

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
pakistan-army.jpg

इस्लामावाद। दुईदेशबीच जारी तनावकाबीच पाकिस्तानी सेनाले केही बेरमा पत्रकार सम्मेलन गर्ने भएको छ । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार केहीबेरमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल, असिफ घाफुर्सले केहीबेरमा पत्रकार सम्मेलन गर्न लागेको पाकिस्तानी सञ्चार संस्था जिओ टिभीले जनाएको छ । 

विहान पाकिस्तानको हवाईविमान भारतीय भूमिमा प्रवेश गरेको आरोप भारतले लगाईरहँदा पाकिस्तानले भने त्यसलाई स्वीकार गरेको छैन । पाकिस्तानी सेनाका प्रवक्ता असिफले आफ्नो आधिकारिक ट्वीट मार्फत् दुई वटा भारतीय युद्धपोत विमान पाकिस्तानी भूमिमा आएपछि खसालेको र एकजना पाईलटलाई समेत पक्राउ गरिएको जनाएको छ । यसै विषयमा आधिकारिक जानकारी दिनको लागि पत्रकार सम्मेलन गर्न लागिएको बताईएको छ । 

पछिल्लो भारत र पाकिस्तानबीचको युद्धको स्थितिका कारण भारत शासित जम्मू काश्मिरका सबै नागरिक विमानस्थलहरु बन्द गरिएको छ । जम्मू काश्मिर र अमृतसरकार सबै फ्लाईटहरु रद्द गरी विमानस्थलमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ । 

पुलवामा आतंककारी हमलापछि सुरु भएको दुई देशबीचको तनाव भारतको मंगलबारको एयर स्ट्राइकसम्म आईपुग्दा युद्धको स्थितिमा पुगेको हो । भारतले पाकिस्तानको लडाकू विमान भारतीय भूमिमा छिरेको आरोप लगाएको छ र केही लडाकू विमानका भारतीय एयर स्पेसको समेत उल्लंघन गरेको भारतको आरोप छ  तर, पाकिस्तानले भने यसको बचाउ गर्दै आफूहरु एलओसी लाईन पार नगरेको दाबी गरिरहेको छ । 

सरकारले जम्मू-कश्मीरको एयर स्पेस पूर्ण रुपमा बन्द गरिदिएको छ । यसैबीच भारतमा समेत यस विषयले हलचल मच्चाएको छ । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले गृह मन्त्रालय पुगेर राजनाथ सिंहसँग बैठक समेत सुरु गरिसकेका छन् । 

यसैबीच दुबै देशले एकअर्काको विमान खसालेको दाबी गरिरहेका छन् । भारतले अहिले एउटा पाकिस्तानी युद्धविमान खसालेको दाबी गरेको छ भने पाकिस्तानले दुईवटा भारतीय युद्धपोत विमान खसालेको दाबी गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ