arrow

सीमामा तनाव, मोदी निवासमा उच्चस्तरीय बैठक बस्दै जारी

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
modi-new-pic.jpg.jpeg

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्रीमा उच्चस्तरीय बैठक चलिरहेको छ । पाकिस्तानसँगको विवाद बढ्दै जाँदा युद्धको समेत सम्भावना देखिरहेको बेलामा प्रधामन्त्री मोदीले उच्चस्तरीय बैठक बोलाएका हुन् । 

भारत-पाकिस्तानका बोर्डरमा यस समय तनाव बढीरहेको छ । प्रधानमन्त्री आवासमा यस समय ठूलो बैठक अहिलेसम्म पनि चलिरहेको छ । बैठकमा गृहमन्त्री राजनाथ सिंह, रक्षा मन्त्री निर्मला सीतारमण, राष्ट्रिय सुरक्षा सलाहकार अजित डोभालका साथ मोदीको बै७क चलिरहेको हो । 

विज्ञान भवनमा पहिले नै तय गरिएको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री मोदी उच्चस्तरीय भेटघाटमा लागेका हुन् । पछिल्लो समय पाकिस्तानसँग बढ्दो तनाव र यसपछिको भारतीय तयारीको विषयमा छलफल भईरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

पुलवामा आतंककारी हमलापछि सुरु भएको दुई देशबीचको तनाव भारतको मंगलबारको एयर स्ट्राइकसम्म आईपुग्दा युद्धको स्थितिमा पुगेको हो । भारतले पाकिस्तानको लडाकू विमान भारतीय भूमिमा छिरेको आरोप लगाएको छ र केही लडाकू विमानका भारतीय एयर स्पेसको समेत उल्लंघन गरेको भारतको आरोप छ  तर, पाकिस्तानले भने यसको बचाउ गर्दै आफूहरु एलओसी लाईन पार नगरेको दाबी गरिरहेको छ । 

सरकारले जम्मू-कश्मीरको एयर स्पेस पूर्ण रुपमा बन्द गरिदिएको छ । यसैबीच भारतमा समेत यस विषयले हलचल मच्चाएको छ । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले गृह मन्त्रालय पुगेर राजनाथ सिंहसँग बैठक समेत सुरु गरिसकेका छन् । 

यसैबीच दुबै देशले एकअर्काको विमान खसालेको दाबी गरिरहेका छन् । भारतले अहिले एउटा पाकिस्तानी युद्धविमान खसालेको दाबी गरेको छ भने पाकिस्तानले दुईवटा भारतीय युद्धपोत विमान खसालेको दाबी गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ