arrow

भारतले भन्यो, 'हाम्रो 'मिग २१' विमान पाकिस्तानले खसाल्यो, पाईलट वेपत्ता'

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
India_foreign.jpg

काठमाडौं । भारतले बुधबार विहान पाकिस्तानले दाबी गरे अनुसार भारतीय युद्धपोत विमान ध्वस्त भएको स्वीकारेको छ । बुधबार दिउँसो पत्रकार सम्मेलन गरी भारतीय विदेश मन्त्रालयले यस्तो स्वीकार गरेको हो । 

बुधबार पाकिस्तानी सैन्य विमान भारत भित्र छिरेपछि पाकिस्तानी सीमारेखा भित्र भारतीय युद्धपोत विमान पनि प्रवेश गरेको थियो । पाकिस्तानले दुईवटा विमान खसालेको दाबी गरेको छ भने भारतले एउटा मात्रै विमान ध्वस्त भएको र एकजना पाईलट वेपत्ता भएको दाबी गरेको छ । 

पुलवामा आतंककारी हमलापछि सुरु भएको दुई देशबीचको तनाव भारतको मंगलबारको एयर स्ट्राइकसम्म आईपुग्दा युद्धको स्थितिमा पुगेको छ । भारतले पाकिस्तानको लडाकू विमान भारतीय भूमिमा छिरेको आरोप लगाएको छ र केही लडाकू विमानले भारतीय एयर स्पेसको समेत उल्लंघन गरेको भारतको आरोप छ । तर, पाकिस्तानले भने यसको बचाउ गर्दै आफूहरु एलओसी लाईन पार नगरेको दाबी गरिरहेको छ । 

सरकारले जम्मू-कश्मीरको एयर स्पेस पूर्ण रुपमा बन्द गरिदिएको छ । यसैबीच भारतमा समेत यस विषयले हलचल मच्चाएको छ । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले गृह मन्त्रालय पुगेर राजनाथ सिंहसँग बैठक समेत सुरु गरिसकेका छन् । 

यसैबीच दुबै देशले एकअर्काको विमान खसालेको दाबी गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ