arrow

प्लास्टिकको घरमा समृद्धि खोज्दै नौरंगाका पौरखी अपांग

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ फागुन १५ बुधबार
apang.jpg

नौरंगा, लालझाडी । बस्तीको उत्तर तर्फ घनघोर लालझाडी वन, दक्षिण तर्फ बिनाशक दोंदा नदी माझ नौरंगा गाउँ । सास्ती त गाउँ बासी सबैले भोगेकै छन । वर्षायाममा बाढीको ,हिउँदमा वन्य जन्तुको त्रास , बथानका बथान छाडा चौपाया । उसो त पीडा सबैको उस्तै हो । तर पनि नौरंगा गाउँका अपाङ्गता भएका नागरिकले झनै जोखिम उठाउदै आएकाछन । शारीरिक रुपमा अशक्त नौरंगाका १७ जना पौरखीहरुले प्लास्टिकको घर उपार्जनको माध्यम बनाउन सुरु गरेका छन ।

प्लास्टिकको घरमा नौरंगाका पौरखी १७ जना अपांगता भएका नागरिक यतिबेला सपांग झै च्याउ  उत्पादन र आर्थिक उपार्जनमा जुटेका छन् । ३ वर्ष अघि नेपाल राष्ट्रिय समाज कल्याण संघ नामक गैरसरकारी संस्थाले नौरंगाका १७ जना अपांगता भएका नागरिकहरुलाई  संगठित बनाइ अपांग एकता महिला समूह गठन गरि दिए पछि सामुहिक उत्पादनमा उनिहरुको पौरख देखिन सुरु भएको हो । २ पुरुष र १५ महिला संगठित रहेको अपांग एकता समुहका सदस्यहरुलाई आय आर्जनमा सघाउन च्याउ खेती सम्बन्धी सीप र साहायता गरे पछि अहिले उनीहरुको उपार्जनको गतिलो माध्यम बन्न पुगेको छ  ।

३ वर्ष अघि समुहमा आबद्ध नौरंगाका अपांगता भएका नागरिकहरु भन्छन अहिले हामीलाई सजिलो भएको छ । समुहकी अध्यक्ष उर्मिला रानाले भनिन् - मासिक बचत गरेर कोषमा ४५ हजार बचत गरेका छौं । आफ्नै अपांग सदस्यहरुलाई कोष परिचालन गरि उत्पादनमुलक काममा लगानी गर्छौ ।

अध्यक्ष उर्मिलाले भनिन् -गत वर्ष ५० पोका बीउ ल्याएर उत्पादन गरिएको च्याउ बिक्री गरेर ३२ हजार बचत गरिए पनि यस वर्ष भने राम्रो उत्पादन हुन सकेन । उनले भनिन - अपांग समुहलाई निशुल्क बीउ दिनु पर्ने भए पनि लालझाडी गाउँपालिकाले प्रती पोका १०० रुपैया लिएर मात्रै बितरण गरे पछि २५ पोका मात्रै बीउ ल्याएर च्याउ उत्पादन गरेर २५ हजारको बिक्री गरेका छौ । बिउमा मूल्य तोकिए पछि हामिले बढी बीउ ल्याएर उत्पादन गर्न सकेनौं उनले भनिन ।

नौरंगाका अपांगता भएका र अन्य कृषकहरुको उपार्जनका लागि गाउँ पालिकाले च्याउ खेती लगायतका कार्यक्रम ल्याएको लालझाडी १ का वडा अध्यक्ष छेमानन्द रानाले बताए । उनले भने हामी वडाको बजेटबाट थप उत्साह हुने खाले कार्यक्रम ल्याएर कृषि उत्पादन वृद्धि गराउन सघाउने तयारीमा छौ । उसो त कृषि उत्पादन तर्फ पुर्ण अनुदान साहायता दिने ब्यबस्था भए पनि लालझाडी गाउँपालिकाले शुल्क लिए पनि शारीरिक अशक्त भएका नागरिकहरुलाई भने निशुल्क दिएर प्रोत्साहन गरिनु पर्ने तर उपलब्ध गराउन नसक्दा पीडितहरुमा निराशा देखिएको छ ।

सामुहिक खेतिमा होमिएका नौरंगाका अपांगता भएका पौरखी कृषक हरुका समस्या यति मात्रै होइनन । अपांग एकता महिला समुहका सचीव सियाराम राना भन्छन उत्पादन बजार सम्म पुगाउन साधन छैन । गुणस्तरीय बिउको अभावका कारण उत्पादनमा ह्रास आउँछ । उन्नत प्रविधि समेत छैन । यी भन्दा ठूलो समस्या बथानका बथान छाडा चौपाया जसले उत्पादन नष्ट गरि दिन्छन् । उनले भने यसपालि गाउँ पालिकाले दिएको च्याउको बिउको गुणस्तर राम्रो नहुँदा उत्पादन घट्यो ।

जिल्लाकै दुर्गम भेगमा रहेको नौरंगाका पौरखी कृषखरुको उत्पादन वृद्धि संगै आर्थिक उपार्जनमा सघाउन सम्बन्धित सरोकारवालाले साहायता बढाउन सके आर्थिक समृद्धि सहज हुने थियो । शारीरिक अपांगता भएका नौरंगाका पौरखी कृषकहरुको सामुहिक खेतीको प्रचारप्रसार र अनुशरण हुन सके स्थानीय उत्पादन वृद्धि संगै आत्म निर्भरता र समृद्धिको बाटो कोरिने निश्चित छ । प्रोत्साहन र सहयोगी हातहरु बढदै जाउन पौरखी नौरंगेलीलाई सलाम ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ