arrow

भारत र पाकिस्तानमा कुटनीतिक हलचल, कराँचीमा संकटकाल 

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
emergency_in_pakistan.jpg

काठमाडौं । सीमामा बढेको तनावसँगै भारत र पाकिस्तानबीच कुटनीतिक हलचल मच्चिएको छ । बुधबार भारतीय युद्धपोत विमान पाकिस्तानले खसालेर पाईलट गिरफ्तार गरेपछि पाकिस्तान र भारतबीचको सीमा तनावले नयाँ रुप लिएको हो । 

भारतले यस विषयमा कूटनीतिक रुपमा ती सैनिक पाईलटलाई भारत फिर्ता गर्न भनेको छ भने पाकिस्तानले यसलाई अस्वीकार गर्दै आएको छ । फेब्रुअरी १४ मा भएको पुलवामा आक्रमण पछि आक्रोशित बनेको भारतले केही दिन अघि पाकिस्तानी भूमिमा १००० किलोको बम खसालेको थियो भने त्यसको पर्सीपल्ट भारतीय र पाकिस्तानी सेनाका युद्धपोत विमानहरु एक अर्काको सीमारेखा नाघेपछि दुबै तिर हलचल मच्चिएको थियो । पाकिस्तानी सेनाले एकजना भारतीय पाईलट आफ्नो कब्जामा रहेको जनाएपछि भारत यसमा रक्षात्मक बन्न बाध्य भएको छ । 

यसैबीच कराँचीमा संकटकाल लागेको समाचार आएको छ । सिन्ध प्रान्तको सरकारले एक स्टेटमेन्ट जारी गर्दै कराँची क्षेत्रमा संकटकाल लागेको भन्ने पत्र सार्वजनिक गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख छ । यही युद्धको स्थितिकाबीच संकटकाल लगाईएको बताएपनि पाकिस्तानी सञ्चारमाध्यमहरुमा भने यस विषयमा खासै चर्चा भएको छैन । 

भारतीय सुरक्षा सल्लाहकारले भने बुधबार आफ्ना पाईलटलाई पाकिस्तानले नियन्त्रणमा लिएपछि उनको फिर्तीको लागि कूटनीतिक पहल सुरु गरेका छन् । उनले अमेरिकी विदेशमन्त्रीसँग पनि भेटेर यसबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ