arrow

ट्रम्प र किमबीच ऐतिहासिक भेटवार्ता, हुँदै सम्झौतापत्रमा हस्ताक्षर

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
trump-kim4.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भियतनाममा भेटवार्ता जारी छ । 

दोस्रो पटक दुई राष्ट्र प्रमुखहरुबीच भेटवार्ता भइरहेको हो । भियतनामको हनोइमा दुईबीच सिंगापुरमा भएको पहिलो भेटवार्ताको थप छलफल र निष्कर्षमा पुग्ने बारेमा बिहीबार पनि थप छलफल हुँदैछ । हनोइको वार्ताको दोस्रो तथा अन्तिम दिन महत्वपूर्ण विषयमा छलफल गर्ने दावी दुवै पक्षले गरेको छ । 

दुई नेताबीचको अन्तिम दिनको वार्तामा कोरियाली प्रायद्धिपबाट आणविक हतियार हटाउने विषयमा छलफल हुने आशा गरिएको छ ।

पहिलो दिन बुधबार राति हनोइको होटलमा दुवैबीच हेड–टु–हेड तथा वान–टु–भेटवार्ता भएको थियो । 

अन्तिम दिनको वार्तापछि द्धिपक्षीय सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ