arrow

बिहीबार पनि दुई पाकिस्तानी वायु सेना भारत छिरेको भारतको आरोप 

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार

काठमाडौं । भारतीय सञ्चार माध्यमहरुले बिहीबार पनि पाकिस्तानी वायु सेनाको जहाज भारतीय भूमिमा प्रवेश गरेको आरोप लगाएका छन् । बिहीबार दिउँसो २ बजेतिर एलओसीबाट भारतपट्टि दुई पाकिस्तानी विमान प्रवेश गरेको दाबी भारतले गरेको छ । 

भारतले ती विमानलाई खसाल्ने तयारी गरेपछि दुबै विमान फर्किएको दाबी भारतीय सञ्चारमाध्यमहरुको छ । शुरुआती रिपोर्टका अनुसार दुई पाकिस्तानी लडाकू विमानले भारतीय वायू क्षेत्रमा प्रवेश गरेर भारतको तयारीबारे बुझ्न लागेको आरोप नवभारत घाईम्स ग्रुपले जनाएको छ । यसबारे सेनाले भने कुनैपनि आधिकारिक पुष्टि गरेको छैन । तर, मिडिया रिपोर्टका अनुसार त्यो विमान मेन्ढर तिर भागेको थियो । 

पाकिस्तानी वायु सेनाका विमान भारतीय एयर डिफेन्स सिस्टमलाई बुझ्न आएको हुनसक्ने दाबी भारतको छ । बुधबार पनि पाकिस्तानी र भारतीय दुबै सेना एक अर्काको देशमा प्रवेश गरेका थिए भने पाकिस्तानले भारतीय विमान खसालिदिएको छ । सोही दूर्घटनामा जिवित रहेका भारतीय युद्धपोत विमानका पाईलटलाई पाकिस्तानी सेनाले आफ्नो कब्जामा लिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ