शाहरुख, ज्याकी श्राफ र अनिल कपूरमाथि छलकपटको मुद्दा
प्रकाशित २०७५ फागुन १६ बिहिबार
509
Shares
काठमाडौं । शाहरुख खान, बोमन इरानी र ज्याकी श्राफजस्ता शीर्ष भारतीय कलाकारमाथि छलकपटको मुद्दा दायर भएको छ । उनीहरुसहित करिब ५ सय मानिसलाई विहान डाइरेक्ट सेलिङ प्राइभेट लिमिटेड कम्पनीबाट लिएको भुक्तानीको विवरण पेश गर्नको लागि निर्देशन दिइएको छ ।
अधिकारीले दिएको जानकारीअनुसार क्यूनेट मामिलाको अनुसन्धानमा केही स्टारले कम्पनीको प्रचारको गतिविधिमा भाग लिएको पाइएको थियो । यो मामिलामा अनिल कपूर, अल्लू शिरीष र क्रिकेटर युवराज सिंहलाई पनि नोटिस जारी गरिएको छ ।
अधिकारीले ४ मार्चमा आएर आफ्नो पारिश्रमिक र अन्य सुविधाको विषयमा सफाइ दिनका लागि उनीहरुलाई आग्रह गरेको बताएका छन् । प्रहरीले अहिले नोटिस पठाइएका व्यक्तिहरुले आफ्ना प्रतिनिधिको माध्यमबाट आफ्नो व्यहोरा दिन सक्छन् ।
यो विहान डाइरेक्ट सेलिङ प्राइभेट लिमिटेड कम्पनीको छलकपटको मामिला हो । यो कम्पनी फ्रान्सेली कम्पनी क्युआई ग्रुप इन इन्डियाको शाखा हो । यसलाई क्युनेटको ब्राण्डको रुपमा पनि चिनिन्छ ।
घोटलामा दोषी रहेको भन्दै प्रहरीले केही मानिसहरुलाई गिरफ्तार गरेको छ । यो घोटलामा भारतका लाखौं मानिसको करोडौं रकम नोक्सानी भएको छ । यद्यपि क्युनेटले भने यो आरोपको खण्डन गरेको छ ।