arrow

मुम्बई मेट्रोमा सतर्कता बढाईयो, पाकिस्तानका सबै अस्पताललाई तयार रहन निर्देशन

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
indian-army2.jpg

काठमाडौं । पछिल्लो समय भारत र पाकिस्तानबीच बढेको तनाव अझै साम्य हुन सकेको छैन । दुबै मुलुकबीच अहिले पनि जुँगाको लडाई कहिलेकाहीँ फाट्टफुट्ट सैनिक युद्धमा पनि परिणत हुने गरेको छ । एकले अर्काेको सीमामा प्रवेश गर्ने क्रम चलिरहँदा बुधबार पाकिस्तानले भारतको एउटा युद्धपोत विमान खसालेको छ । त्यसका पाईलटलाई अहिलेपनि पाकिस्तानले आफ्नो हिरासतमा राखेको छ । 

यसरी दुई देशीय तनाव यतिबेला यो पाईलटको विषयले पनि चर्चामा छ । यही चर्चाकाबीच पाकिस्तानले विभिन्न प्रान्तका अस्पतालहरुलाई उच्च सतर्कता अपनाउनको लागि निर्देशन दिएको छ । सबै अस्पतालहरु, स्वास्थ्य संस्थाहरुमा केही अतिरिक्त सिटहरुको व्यवस्था गर्न समेत भनेको छ । 

पाकिस्तानी आकाशमा अहिले पनि जहाजहरु चल्ने गरेका छैनन् । बुधबारदेखि सबै व्यवसायिक उडानहरु बन्द गरिएको छ भने सबै विमानस्थलहरु आकस्मिक विमान अवतरणको लागि योग्य बनाईएको छ । 

अर्काे तर्फ भारतको महाराष्ट्रको राजधानी मुम्बईमा सुरक्षा चुनौतीको कारण देखाउँदै उच्च सुरक्षा सतर्कता अपनाईएको छ । मेट्रोमा जाने र फर्किने सबैलाई सुरक्षा चेक जाँचमा कडाई गरिएको छ भने मेट्रोमा जाने यात्रीहरुप्रति थप निगरानी समेत सुरु गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ