arrow

भारतीय विङ्ग कमा‌ण्डर अभिनन्दनलाई पाकिस्तानले शुक्रबार रिहाई गर्ने 

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
Imran-Khan-PTI2_19_2019_000174B.jpg

काठमाडौं । पाकिस्तानी सैनिकको हिरासतमा रहेका भारतीय  विङ्ग कमा‌ण्डर अभिनन्दनलाई शुक्रबार रिहाई गर्ने जानकारी पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिएका छन् । बिहीबार पाकिस्तानी संसदमा विपक्षीहरुको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री खानले विंग कमांडर अभिनंदनलाई शुक्रबार रिहा गरिने जानकारी दिए । 

उनले आफू अझै पनि युद्धबाट भन्दा पनि शान्तिबाट समस्याको समाधान चाहेको भन्दै त्यसको लागि भारतले पनि शान्ति चाहनुपर्ने बताए । सीमामा जारी गोलाबारुदले न त भारतलाई फाईदा हुने र पाकिस्तानलाई पनि फाईदा नहुने भन्दै उनले यदि दुबै देशले संयमता नअपनाउने हो भने युद्ध नरेन्द्र मोदी र आफ्नो पनि नियन्त्रणमा नहुने तर्फ सचेत गराएका छन् । 

बुधबार एक भारतीय युद्धपोत विमान पाकिस्तानी भूमिमा खसालेको पाकिस्तानी सेनाले  विङ्ग कमा‌ण्डर अभिनन्दनलाई पक्राउ गरि आफ्नो नियन्त्रणमा लिएको छ । पाकिस्तानी सेनाको साथमा आफ्नो सैनिक पुगेपछि भारत केही दबाबमा देखिएको थियो । आधिकारिक रुपमा भारतीय सेनाका पाईलट भन्ने जानकारी भएसँगै भारतले उनलाई छुटाउनको लागि कूटनीतिक प्रयास सुरु गरेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ