arrow

शुक्रबारदेखि महेन्द्रनगरमा औद्योगिक मेला

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ फागुन १६ बिहिबार
mela3.jpg

कञ्चनपुर ।  शुक्रबार देखि कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरको खुलामञ्चमा सुदूरपश्चिम स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव संचालन हुन लागेको छ ।  कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको खुलामञ्चमा प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७५ संचालन हुन लागेको छ ।

 वाणिज्य संघले ‘कृषि, पर्यटन र उर्जामा विकास, सम्बृद्ध सुदूरपश्चिम प्रदेशको आधार’ भन्ने मुल नाराका साथ यस बर्ष १२ औँ औद्योगिक मेला तथा पर्यटन महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्गबहादुर मल्लले महोत्सवको सबै तयारी पुरा भएको बताए ।  अध्यक्ष मल्लका अनुसार शुक्रबार दिउँसो ११ बजे औपचारिक रुपमा मेलाको उद्घाटन हुने छ । उनका अनुसार यस बर्ष एसियाकै दोस्रो लामो झोलुङ्ग पुल डिजाइनको प्रवेशद्वार निर्माण गरिएको छ । मेलामा व्यवसायिक क्षेत्रका १५० र विभिन्न यस क्षेत्रका खाद्यान्न तर्फका २० गरि १ सय ७० स्टल राखिएका छन् । ‘यस बर्ष हामीले कञ्चनपुरका पर्यटकिय क्षेत्रमा समेत लाग्छौँ, ‘उनले भने, ‘त्यसका लागि टुर प्याकेजको तयारीमा जुटेका छौँ ।’  

आन्तरिक उत्पादनलाई प्रर्बद्धन गर्दै यस प्रदेशकै आर्थिक सम्बृद्धिका लागि मेला आयोजना गरिएको उनले बताए । ‘यस बर्षको मेला अरुबर्षको भन्दा पृथक हुन्छ, ‘उनले भने, ‘बाल उद्यान तर्फ पनि हामी भरपुर मनोरन्जन दिन्छौँ ।’ अध्यक्ष मल्लले स्वदेशी कला, उद्यमी, पर्यटन, कृषि विज्ञान र सम्बृद्धिका लागि मेला आयोजना गरिएको बताए । उनका अनुसार छिमेकी मुलुक भारतको कुमाउ क्षेत्रबाट समेत कलाकारको प्रस्तुत रहनेछ । १० दिन सम्म संचालन हुने मेलामा १७० स्टल ७ करोडको कारोबार हुने अनुमान गरिएकोछ  । महोत्सवमा दैनिक उपभोग्य समाग्री, गारमेण्टका समाग्री, ईलेक्टोनिक्स, अटो मोबाईल, कृषिका आधुनिक औजार सामाग्री बाल उद्यान दुग्धजन्य बस्तु लगायतको व्यापार हुने छ । सुदूरका सबै जिल्लाको कला संस्कृतिर बस्तु तथा सेवाको प्रर्दशनका साथै भारतको उत्तराखण्ड क्षेत्रका कलाकारले समेत कला प्रस्तुत गरिनेछन् ।

स्थानीय कलाकारलाई विशेष प्राथमिता दिईने आयोजकले जनाएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत ३० र साधारण तर्फ ५० रुपैया टिकट निर्धारण गरिएको छ । दैनिक उपभोग्य समाग्रीका साथै सुदूरपश्चिमेलीको मौलिक खाने परिवार समेत पाईनेछन् ।  १० दिनसम्म संचालन हुने महोत्सवमा २ लाख दर्शनले अवलोकन गर्ने र २६ फागुन सम्म संचालन हुने आयोजकले जनाएको छ । महाशिवरात्रीलाई मध्य नजरगर्दै वाणिज्य संघले मेला आयोजना गरेको छ । मेलाहरुलाई औपचारिकतामा सिमित नराखी अर्थपूर्ण मेला बनाउन समेत स्थानीयबाट सुझाव आएकोछ । महेन्दनगरमा मेला संचालन हुनेभएपछि चलपहल समेत बढेको छ । अध्यक्ष  मल्ललका अनुुसार यस क्षेत्रको आर्थिक विकासका लागि संघले २०५७ सालदेखि नियमित मेला संचालन गर्दै आएको छ । विगतका बर्ष भन्दा यस बर्ष मेला फरक हुने आयोजकले दाबी  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ