arrow

उर्जामन्त्री पुन अस्पताल भर्ना, प्रधानमन्त्री सहित मन्त्रीहरु पुगे अस्पताल

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
barshaman-pun-news-pokhara.jpeg

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंञ्चाई मन्त्री वर्षमान पुनलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार राती अचानक बेहोस् भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । साँझ ५ बजे रिंगटा लागेर बेहोस् भएपछि अस्पताल भर्ना गरिएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । 

उनलाई डा. यादव भट्ट सहितको डाक्टरको टोलीले उपचार गरिरहेको छ । खड्काका अनुसार अहिले मन्त्री पुनको अवस्था सामान्य बनेको छ । उनलाई अस्पतालमा नै प्रधामन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा र बन मन्त्री शक्ति बहादुर बस्नेत लगायतका मन्त्रीहरुले उनको स्वास्थ्य अवस्थाबारे बुझेर फर्किएका छन् । 

बिहीबार राती मन्त्री पुनलाई चिकित्सकको निगरानीमा नै राखिने समेत खड्काले जानकारी लिए । उनलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वगृहमन्त्री जनार्दन शर्मालगायत नेताहरू पनि अस्पताल आउने क्रममा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ