arrow

प्रहरी महानिरीक्षक अर्याल बेलायत तर्फ प्रस्थान

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
umakantaccc.jpg.jpeg
काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल शनिवार  बेलायत प्रस्थान गरेका छन्  । अर्याल बेलायतको निमन्त्रणमा फागुन ३० गतेदेखि चैत ६ गतेसम्म बेलायत प्रहरीको अनुभव आदान प्रदानका साथै व्यवसायिक अध्ययन भ्रमणमा सहभागी हुन बेलायततर्फ प्रस्थान गरेका हुन् ।
 
प्रहरी महानिरीक्षक अर्यालको साथमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्मा, प्रहरी प्रधान कार्यालय योजना तथा अन्वेषण निर्देशनालयका प्रहरी नायव महानिरीक्षक देबेन्द्र सुवेदी र पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठ रहेका छन् ।
 
भ्रमणको क्रममा प्रहरी महानिरीक्षक अर्याल समेतको टोलीले बेलायतका डिएफआइडी सम्वद्ध राज्यमन्त्री डेस्मण्ड स्वाएन, प्रहरी तथा अपराध सम्बन्धित उपमेयर स्टेफेन ग्रिनहाल्ग, महानगरीय प्रहरीका आयुक्त बरनार्ड होगान होय लगायतका पदाधिकारीहरुसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ