मत दिनेहरुलाई धन्यवाद दिदै सिटौलाले भने, 'परिवर्तनको पक्षमा उभिइरहनेछौ ' (भिडियो)
प्रकाशित २०७२ फागुन २९ शनिबार
1.6k
Shares
काठमाडौ। काँग्रेसको १३ औं महाधिवेशनमा सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौलाले आफुहरुलाई प्राप्त मतले सकारात्मक संचार गरेको र परिर्वतनको लागि दृढतापूर्वक उभिइरहने म्याण्डेड दिएको बताएका छन्। मतदाता सहयोगी तथा शुभेच्छुकहरुलाई धन्यवाद दिन आयोजित चियापान कार्यक्रममा निक्कै खुसी मुद्रामा देखिएका सिटौलाले पराम्परागत गुट शैलीलाई चिर्दै परिर्वतनको पक्षमा देखिएको यो मतको म्याण्डेडको सम्मान गर्दे दृढतापूर्वक उभिइरहने मात्र बिकल्प भएको उद्घोष गरेका हुन्।
"छोटो तयारीमा चुनावमा होमिएको भए पनि पार्टी भित्र बिचारको रोपन सुरु भएको छ। सकारात्मक कम्पन सुरु भएको छ। अवको दिनमा पार्टीलाई रुपान्तरण गरी एकताबद्ध बनाउदै राजनैतिक परिर्वतनको रक्षा गर्न तथा तमाम जनताका समस्याहरु पहिचान गरी समाधान गर्नु पर्छ भनेर हामी उठेका हौ," सिटौलाले भने।
परम्परागत पार्टीमा गुटबाट बाहिर निस्कन धेरै गाह्रो हुन्छ यस्तो अवस्थामा समेत हामीले उल्लेख्य मत पाएका छौ यसले अवको दिनमा अगाडि बढ्न समेत प्रेरणा पाएको बताउदै उनले अवको कठिन यात्रामा लगातार लागि रहने भन्दै मतदान गर्ने सबैलाई धन्यवाद दिएका थिए।
देशमा भएको परिर्वतनलाई आत्मसाथ गर्दे पार्टीलाई अगाडि बढाउन निर्वाचित सभापति शेर वहादुर देउवालाई उनले सुझाव दिए। पार्टी भित्रको प्रतिष्पर्धामा मत परिमाण जे आए पनि अवको दिनमा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन सभापतिलाई शुभकामना समेत दिएका थिए। अवको दिनमा कांग्रेसलाई जनताको भावना अनुरुप सही दिशामा अघि बडाउन र सिंगो राष्ट्रलाई एकता बनाउन सकोस भन्ने अपेक्षा समेत कांग्रेस नेता सिटौलाको थियो।
शनिवार बिहान राजधानीमा भएको चियापानमा महामन्त्रीका प्रत्यासी गगन थापा, कोषाध्यक्षका प्रत्यासी उमाकान्त चौधरी लगायत सयौको संख्यामा शुवेच्छुक तथा कार्यकर्ताहरुको सहभागि रहेको थिए।