arrow

पाकिस्तानले शान्ति प्रस्तावसहित भारतलाई सकुशल सुम्पियो अभिनन्दनलाई 

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
abhinandan.jpg

काठमाडौं । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार राति बुझाएको छ । शुक्रबार दिउँसै बुझाउने भनिए पनि विभिन्न कठिनाइबीच राति स्थानीय समयअनुसार ९ः२० मा मात्र बुझाइएको हो । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बिहीबारको पाकिस्तानी संसदमा जानकारी दिएका थिए । 

“पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद तनावलाई चर्काएर कसैलाई फाइदा नहुने निष्कर्षसाथ शान्तिका लागि हामीले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्नेछौँ,” बिहीबार संसदका दुबै सदनलाई गरेको संयुक्त सम्बोधनमा उनले भनेका थिए । 
 
अभिनन्दन ५५ घण्टाभन्दा बढी समय पाकिस्तानको नियन्त्रणमा रहेर भारत फर्किएका हुन् । उनलाई भारतमा भब्य स्वागत गरिएको छ । 

अभिनन्दनलाई अटारी सीमामा भारतीय वायुसेनाका वरिष्ठ अधिकारी तथा बीएसएफले स्वागत गरेका थिए । 

गत फेब्रुअरी १४ तारिखमा जम्मू कश्मीरको पुलवामामा भारतीय ४७ सुरक्षाकर्मीलाई पाकिस्तानी आतंकवादी समूहले आत्मघाती आक्रमण गरी मारेपछि तनाव बढेको हो । 

सो घटनाको बदला लिने भन्दै भारतले पाकिस्तानका आतंकवादी बसेको स्थलमा हवाइ आक्रमण गरेको थियो । त्यसपछि बढेको तनावमा दुवैतर्फ केहीको मृत्यु भएको छ । 

आक्रमण गर्न जाने क्रममै भारतका दुई लडाकु बिमान पाकिस्तानले खसालेको थियो । त्यस्तै पाकिस्तानको एक विमान भारतले खसालेको थियो । 

अभिनन्दन भने बाँच्न सफल भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ