प्रदेश र स्थानीय तहमा जान चाहने कर्मचारीहरुलाई दोस्रो दर्जा सरह व्यवहार हुनु मुलुकको हितमा छैन : मुख्यमन्त्री राउत
राखी साह,
प्रकाशित २०७५ फागुन १८ शनिबार
989
Shares
जनकपुरधाम। डिप्लोमा इन्जिनियर्स एशोसिएन नेपाल प्रदेश नम्बर दुईको प्रथम प्रदेश अधिवेशनको शुक्रबार सम्पन्न भएको छ। डिप्लोमा इन्जिनियर्स एशोसिएन को प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले हालको कर्मचारी समायोजन प्रक्रियाले देशमा द्वन्द सृजना गर्ने खतरा रहेको तर्क राखेका छन। प्रमुख आतिथ्य प्रदेश नम्बर दुईका मुख्यमन्त्री राउतले भने कर्मचारी समायोजनको नाउँमा मुलुकमा अन्यौलता सृजना गर्ने कार्य हुन लागेको बताए।
मुख्यमन्त्री रातले भने प्रदेश र स्थानीय तहमा जान चाहने कर्मचारीहरुलाई दोस्रो दर्जा सरह व्यवहार हुनु मुलुकको हितमा नहुने बोल्दै त्यस्ता कामलाई अविलम्ब सच्याउन संघीय सरकार संग आग्रह गरे। मुलुकको विकास निर्माणमा डिप्लोमा इन्जिनियरहरुको ठूलो भूमिका रहेको तर्क राख्दै मुख्यमन्त्री राउतले विकास निर्माणको लागि इमान्दारिताको लाग्न आग्रह गरे।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले विकास निर्माणमा प्राविधिकहरुको भूमिका प्रमुख हुने चर्चा गर्दै इन्जिनियरहरुबाट क्षमता अनुसार सहयोग लिने तर्क राखे।
प्रदेश नम्बर दुईका संयोजक दशरथ यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सार्क डिप्लोमा इन्जिनियर्स फोरमका अध्यक्ष कामेश्वर प्रसाद सिंह सहितका वक्ताहरुले सम्बोधन गरेका छन। अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिवार सम्पन्न हुने छ।