arrow

सेपक टकर अर्थात् खुट्टाले खेल्ने भलिबल 

logo
प्रकाशित २०७५ फागुन १८ शनिबार
sepak-takraw-game1.jpg

काठमाडौं। सामान्यतयाः भलिबल हातले खेलिन्छ। हातले खेलिने भएकोले नै यसलाई भलिबल नाम दिइएको हो। यद्यपि यसलाई उल्टो तरिकाले खेलिने खेलको बारेमा भने धेरैलाई थाहा नहुनु पनि सक्छ। दक्षिणपूर्वी एसियामा भलिबलको उल्टो नियममा खेलिने खेल निकै लोकप्रिय छ। यसलाई सेक टकर भनिन्छ।

यो खेलमा खेलाडीले हातको सट्टामा खुट्टा, घुँडा, छाती र टाउकाले बललाई खेल्ने गरिन्छ। अन्तर्राष्ट्रिय सेपक टकर संघले विश्वका सयभन्दा बढी मुलुकका टोलीले यसको विश्वव्यापी प्रतियोगितामा भाग लिने गरेका  छन्।

मलेसियामा यो खेललाई सेपक रागा पनि भनिन्छ। थाइल्याण्डमा यसलाई टकर मात्र भनिन्छ। लाओसमा भने यसलाई काट भनिन्छ। सेपक टकरको शाब्दिक अर्थ खुट्टाले हानेर खेल्ने खेल भन्ने बुझिन्छ। यो खेलमा एक टोलीमा २ देखि ४ जनासम्म खेलाडी हुने गरेका छन्। यो खेल अहिलेसम्म ओलम्पिकमा भने समावेश भएको छैन।

सन् २०२४ को ओलम्पिकमा भने यो खेललाई पनि ओलम्पिकमा समावेश गरिने अनुमान छ। एसियन गेम्समा भने सन् १९९० देखि नै यो खेललाईश समावेश गरिँदै आएको छ। यो खेलमा थाइल्याण्डले सबैभन्दा धेरैपटक स्वर्णपदक पाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ