arrow

दक्षिण कोरियासँगको सैन्य अभ्यास बन्द गर्दै अमेरिका

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन १८ शनिबार

काठमाडौं । उत्तर कोरियन नेता किम जोन उनसँग भियतनामको हानोईमा भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सैन्य अभ्यास बन्द गर्ने घोषणा गरेका छन् । 

उत्तर कोरियासँगको सम्बन्ध सुधारका लागि दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने पक्षमा अमेरिकी राष्ट्रपति देखिएका हुन् । ट्रम्पले हानोईमा  भएको शिखर सम्मेलनपछि यस्तो निर्णय गरेका हुन् ।

यसअघि हानोईमा भएको वार्ता विना निष्कर्ष सकिएको थियो तर दुवै पक्षले वार्ता जारी राख्ने बताएका थिए । यसअघि अमेरिकाले निरन्तर दक्षिण कोरियासँग सैन्य अभ्यास गर्दै  आएको छ । यसमा उत्तर कोरियाले निरन्तर आपत्ति जनाउँदै आएको छ । 

अहिलेसम्म अमेरिकाको दक्षिण कोरियाले अमेरिकासँग गर्दै आएको संयुक्त सैन्य अभ्यासमा २ लाख दक्षिण कोरियाली र ३ लाख अमेरिकी सैनिकले भाग लिएका छन् । 

अमेरिकी राष्ट्रपतिले यो घोषणा गरेसँगै अमेरिकी बमवर्षक पनि दक्षिण कोरियामा उडान भर्न पाउनेछैन । ट्रम्पले यो सैन्य अभ्यासलाई महँगो बताउँदै आएका छन् । यसको सट्टामा सानो किसिमको एक प्रशिक्षण गर्न सकिने बताइएको छ । 

यद्यपि ट्रम्पले दक्षिण कोरियामा रहेका २ लाख ८५ हजार अमेरिकी सैनिक फिर्ता बलाउनका लागि भने अस्वीकार गरेका छन् । यी सैनिकहरु उत्तर कोरियाको परमाणु कार्यक्रमबाट बच्नका लागि तैनाथ गरिएको हो । उत्तर कोरियाले सन् १९५० मा दक्षिण कोरियामा आक्रमण गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ