arrow

कश्मिर दुर्घटनामा मर्नेको संख्या ६ पुग्यो, ३० घाइते

logo
प्रकाशित २०७५ फागुन १८ शनिबार
jammu-and-kashmir.jpg

श्रीनगर । भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् । यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् । 

भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट झण्डै २०४ किलोमिटर टाढा पर्ने उधाम्पुर जिल्लाको माजाल्तामा शुक्रबार राति दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । 

घाइतेलाई उपचारका लागि तत्कालै जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा लगिएको उनीहरुको भनाइ छ । प्रहरीका अनुसार बसले स्थानीय यात्रु बोकेको थियो । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको पनि बताएका छन् । 

भारतमा सवारी दुर्घटना अत्यधिक धेरै हुने गरेको छ भने दुर्घटनाका कारण बर्षेनी हजारौँको मृत्यु हुने गरेको छ । विषेश गरेर सवारी साधन र सडकको अवस्था ठिक नरहनु, चालकको लापर्वाहीलगायतका कारणले भारतमा धेरै दुर्घटना हुने गरेको अधिकारीले बताएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ