arrow

गगन भन्छन, 'काँग्रेसमा दह्रोसँग खुट्टा टेक्ने युवाहरु जिवित छन् '(भिडियो)

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
gagan-chiyapan.jpg.jpeg
काठमाडौ। काँग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासी गगन थापाले नेपाली काँग्रेसमा खुट्टा कमाउने यूवाहरुमात्र होईन दह्रोसँग खुट्टा टेक्ने युवाहरु जिवित रहेको प्रमाण काँग्रेसको महाधिवेशन रहेको बताएका छन्।
 
आफुहरुलाई मतदान गर्ने मतदाता, सहयोगी तथा शुभेच्छुकहरुलाई धन्यवाद दिन आयोजित चियापान कार्यक्रममा काँग्रेस नेता थापाले पराम्परागत गुट शैलीलाई चिर्दै परिर्वतनको पक्षमा देखिएको यो मतले काँग्रेसमा खुट्टा कमाउने युवाहरु मात्र होइन दह्रोसँग टेक्ने युवाहरु पनि रहेको देखाएको बताए। 
 
थापाले निर्वाचनबाट आफुहरु पराजित भएपनि पार्टीप्रतिको जिम्मेवारी र क्रियाशिलतामा रत्तीभर कम नहुने बताए। उनले पार्टीलाई शसक्त बनाउनका लागि अझ बढी मेहनेत गर्ने अठोट व्यक्त गरे। आफुहरुले पाएको मत सम्मानजनक मात्रै नभई उत्साहजनक समेत भएको तर्क गर्दै थापाले भने, “संविधानको मर्म र उद्धेश्य विपरित कोही उठ्यो भने त्यसका विरुद्धमा कठोर भएर उभिने छौं, त्यतिवेला पनि तपाईहरुको साथ पाउने छौ भन्ने विश्वास छ।”
 
 
कोषाध्यक्षका प्रत्यासी उमाकन्त चौधरीले प्रजातान्त्रीक प्रक्रियामा हारजितलाई स्वभाविक रुपमा लिईने भएकाले आफुहरुले पनि स्वभाविक रुपमा लिएको बताए। उनले आफुले पाएको मत अपार मत हो भन्दै नेता तथा कार्यकर्ताको सही मुल्यांकन हुने परिपाठी बसाल्न नवनिर्वाचित नेतृत्वलाई सुझाव दिए।
 
शनिवार बिहान राजधानीमा भएको चियापानमा सभापतिका प्रत्यासी महामन्त्रीका प्रत्यासी गगन थापा, कोषाध्यक्षका प्रत्यासी उमाकान्त चौधरी लगायत सयौको संख्यामा शुवेच्छुक तथा कार्यकर्ताहरुको सहभागि रहेको थिए।



नयाँ