arrow

यसरी बने नाडाल सफल, भन्छन् : खुसी सबैभन्दा ठूलो

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
rafael-nadal-tennis.png

काठमाडौं। राफेल नाडाल विश्व टेनिसको दोस्रो वरीयतामा रहेका खेलाडी हुन्। उनले आफ्नो जीवनबारे केही रहस्य उजागर गरेका छन्। उनले आफ्नो खुसीका लागि समय खर्चनु नै आफ्नो सफलताको रहस्य रहेको बताएका छन्। मेक्सिकन ओपन टुर्नामेन्टको क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो सफलताबारे केही कुरा शेयर गरेका हुन्। उनले सन् २००५ र २०१३ मा यो प्रतियोगिताको उपाधि जितिसकेका छन्। 

उनका लागि टेनिस निकै महत्वपूर्ण खेल थियो तर उनले यसबारे धेरै समय बिताउँदैनथे। नाडालका अनुसार उनी आफूलाई खुसी राख्न अन्य खेल खेल्थे। उनी आफूलाई युवा बनाउने एकमात्र उपाय भनेको खुसी हुनु रहेको बताउँछन्। उनी आफू केही राम्रो गरिरहेको छु भन्ने लाग्छ भने त्यो अरु केही काम गर्नका लागि सबैभन्दा राम्रो उपाय रहेकोमा विश्वास गर्छन्। 

स्पेनमा नाडालले टेनिस सिक्न आउने मानिसहरुका लागि एक एकेडेमी खोलेका छन्। यो एकेडेमीमा उनी आफ्नो जीवनको भोगाइसहित खुसी हुनका लागि प्रेरित गर्ने गरेका छन्। उनले टेनिसबाट अवकाश लिइसकेका छन् तर उनी आफूजस्तै सफल खेलाडी उत्पादनको लागि एकेडेमीमा बढी समय खर्च गर्ने गर्छन्।

उनकै सहरबाट टेनिस खेल्ने २१ वर्षीय जाउम मुनार अहिले टेनिसको ६१ औं वरीयतामा छन्। नाडाल यी खेलाडी हेर्दा आफूलाई गर्वश लाग्ने गरेको बताउँछन्। नाडालका प्रतिस्पर्धी साथी जभेरेभ उनी निकै आक्रमण खेलाडी रहेको र उनीसँग खेल्न कहिल्यै पनि सहज नभएको बताउँछन्। नाडालले आधुनिक टेनिस निकै विकसित भइसकेकोमा जानकार छन्। उनी त्यसका लागि आफूलाई नै तयार गर्ने गर्छन्। 

नाडाल अहिले आक्रामक खेल पस्किने प्रवृत्ति घट्दै गएको मान्छन्। उनी आफ्नो विचार सही नहुन पनि सक्ने भन्दै आफ्ना समर्थकबाट यस्ता कुराको जानकारी पाउन सकिने उनको बुझाइ छ। नाडाल लामो समयदेखि चोटको सामना गरेको अवस्थामा सन् २००५ देखि यता कहिल्यै पनि १० वरीयताभन्दा माथि गएका छैनन्। उनी छोटो समयको करियरका लागि सोच्नु नहुने बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ