काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फको मत गणनाको पछिल्लो परिणाम अनुसार खुम बहादुर खड्का फेरि अग्रस्थानमा आएका छन्। अघिल्ला मतगणनामा केहि अघी देखिएका डा शेखर कोइरालालाई पछि पार्दै फेरि खड्का अगाडी आएका छन्।
शनिवार साँझसम्म १५ सय मत गन्दा खड्का ८९८ मतका साथ अगाडी छन्। डा शेखर कोइराला ८८५ मतका साथ दोस्रोमा पुगेका छन्। प्रकाशमान सिंह ८८० मतका साथ तेस्रो स्थानमा छन् । रमेश लेखक ८५१ मतका साथ पछ्याइरहेका छन्। पूर्ण बहादुर खड्का ८४६ मतका साथ पाँचौ स्थानमा छन्। केबी गुरुङ ८४१ मतका साथ छैंठौं स्थानमा रहँदा प्रदिप गिरी ८३९ मतका साथ सातौं स्थानमा छन्। प्रदिप पौडेल ८३७ मतका साथ केहि तल झर्दै आठौं स्थानमा आएका छन्।
बालकृष्ण खाँण ८३५ मतका साथ अगाडी जाने क्रममा छन। विमलेन्द्र नीधी पनि ८३३ मतका साथ केहि तल परेका छन्। धनराज गुरुङ ८२४मा रहँदा महेश आचार्य ८१५ डा रामशरण महत ७८६ बल बहादुर केसी ७८५ विश्वप्रकाश शर्मा ७७१ सुजाता कोइराला ७६६ शंकर भण्डारी ७४९ डा प्रकाशशरण महत ७४० एनपी सावद ७३० गोपालमान श्रेष्ठ ७३०चन्द्र भण्डारी ७२१ डा मिनेन्द्र रिजाल ७१३ ज्ञानेन्द्र बहादुर कार्की ७१३ डा नारायण खड्का ७१२ बद्री पाण्डे ७०३ सहित खुल्ला २५मा अटाएका छन्।
२५ भित्र पर्न प्रयास गरिरहेका जिपछिरिङ लामा बाहिरै पर्ने सम्भावना देखिएकोछ। उनको २५ भित्रका पाण्डेसँगको दुरी बढेकोछ। लामाको ६२३ रहेको छ। उदय शम्शेर राणाको उनीभन्दा एक मत कम अर्थात ६२२ छ।
खुल्ला २५ भित्रको अग्रस्थानमा रहेकाहरुमा देउवा समुहबाट १४ जना र पौडेल समुहबाट ११ जना रहेका छन्।