arrow

बालबालिकालाई सशस्त्र प्रहरी महिला परिवार संघको सहयोग

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
mahila-sang.JPG

धनकुटा । मदन आश्रीत बाल पुर्नस्थापना केन्द्र धनकुटाका बालबालिकाहरुलाई सशस्त्र प्रहरी महिला परिवार संघले खाद्यान्न, लत्ता कपडा,स्टेशनरी समाग्रीहरु वितरण गरेको छ । आइतबार मदन आश्रीत बाल पुर्नस्थापना केन्द्र धनकुटा श्रीपञ्चमी र्पाकमा रहेका बालबालिकाहरुलाई जीवन यापनका साथै पठन पाठन गर्न सहयोग गर्ने उदेश्यले सशस्त्र प्रहरी बल नेपाल नम्वर १  वराह वाहिनी मुख्यालय सुनसरी महिला परिवार संघले समाग्रीहरु वितरण गरेको हो ।

संघकी अध्यक्ष रोजी श्रेष्ठले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु,लत्ता कपडाहरु र विभिन्न स्टेशनरी सामाग्रीहरु वितरण गरेको बताइन्  । सो अवसरमा पूर्व सांसद  तथा मदन आश्रीत बाल पुर्नस्थापना केन्द्र धनकुटाका पूर्व अध्यक्ष गोपाल गुरागाई, सशस्त्र प्रहरी बल नम्वर १ वाहिनी मुख्यालय वराह सुनसरीका वाहिनीपती डिआईजी मनदीप श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ ,६ नम्वर गुल्मका गुल्मपत डिएसपपी बालकृष्ण श्रेष्ठ,पुर्नस्थापना केन्द्रका सचिव कमलकुमार लामिछाने लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त बाल पुर्नस्थापना केन्द्रमा रहेका १३ जना बालबालिकाहरुलाई लत्ता, कपडा, स्टेशनरी समाग्रीहरु र खाद्यान्न सामाग्रीहरु वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर १  वराह वाहिनी मुख्यालय सुनसरी महिला परिवार संघकी अध्यक्ष रोजी श्रेष्ठले वताईन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ