arrow

वाफिया संशोधन : लघुवित्त कम्पनीहरुले साधारण शेयरको ५० प्रतिशत ऋणीलाई छुट्याउन सक्ने 

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
NRB.JPG

काठमाडौं। लघुवित्त कम्पनीहरुले ५० प्रतिशत साधारण शेयर आफ्ना सदस्यहरुलाई छुट्याउनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संशोधन गर्ने क्रममा उक्त व्यवस्था गर्न लागेको हो।

नेपाल राष्ट्र बैंकले बाफियाको दफा ९ को उपदफा ८ मा यो व्यवस्था गर्दै सदस्यहरुका लागि शेयर जारी गर्नसक्ने व्यवस्था गर्न लागेको हो। उक्त ऐनको दफा ९ मा हालसम्म ७ ओटा मात्रै उपदफा छ। अहिले नभएको व्यवस्था दफा ८ मा थप गर्दै उक्त व्यवस्था गर्न लागेको हो। 

‘घ वर्गको वित्तीय संस्थाले उपदफा १ बमोजिम सर्वसाधारणलाई बिक्रीबितरण गर्नको लागि छुट्याइएको शेयरलाई शतप्रतिशत मानी उक्त शेयर मध्येबाट बढीमा ५० प्रतिशतसम्म शेयर आफ्ना ऋणी सदस्यलाई छुट्याउन सक्नेछ।’ थप गरिएको उपदफा ८ मा उल्लेख गरिएको छ। 

नेपाल राष्ट्र बैंकले ऋणी सदस्यको हितको लागि उक्त व्यवस्था गर्नु परेको कारण समेत उल्लेख गरेको छ। यद्यपि उक्त व्यवस्थाले लघुवित्त कम्पनीहरुलाई शेयर जारी गर्नैपर्ने बाध्यकारी व्यवस्था भने गरेको छैन। त्यस्तै हाल आईपीओ जारी भइसकेका लघुवित्तको हकमा यसले कुनै असर गर्ने छैन।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ