arrow

आतंकवाद भारतको स्थायी टाउको दुखाई

logo
प्रकाशित २०७५ फागुन २० सोमबार
terrorist2.jpg

एजेन्सी। आफ्नो नियन्त्रणमा रहेका भारतीय वायु सेनाका पाइलट अभिनन्दनलाई पाकिस्तान सरकारले फिर्ता गरेपछि पनि पाकिस्तानमा रहेका आतंकवादी समूहले भने भारतमा आतंकवाद क्रियाकलाप गर्ने तयारी रहेको सूचना भारतीय पक्षसंग रहेको बताइएको छ। 

पाकिस्तानमा रहेका लश्कर ई तोइबा र जैश ई मोहम्मदजस्ता समुहबाट भारतमा आतंकवादी गतिधिको डर रहँदै आएको भारतीय मिडियाहरुले उल्लेख गर्दै आएका छन्। सुरक्षा निकायलाई उदृत गर्दै भारतीय मिडियाहरुले जनाए अनुसार यी दुवै समुहका उल्लेख्य लडाकुहरु भारतमा आतंकवादी गतिविधि गरिरहेका छन्। यसमा पनि जैश ई मोहम्मद समुह निकै खतरनाक मानिन्छ। आफ्ना गतिविधि निकै योजनाबद्ध ढङ्गमा गर्ने यो समुहले २६/११ मा मुम्बईमा आक्रमण समेत गराएको थियो। यो समुहले भारतमा आत्मघाती आक्रमण पनि गर्ने गरेको भारतीय सुरक्षा निकायहरु बताउँदै आएका छन्।

पुलवामामा भएको आतंकवादी आक्रमण पछि जवाफमा भारतले बालकोटमा गरेको आक्रमण जैश ई मोहम्मदको क्याम्पमा रहेका ठूलो संख्याका लडाकुप्रति लक्षित थियो। यस्ता क्याम्पहरुमा उनीहरु तालिम प्राप्त गरि आगामी योजनाको लागि तयार रहँदै आएको र काश्मिर तथा अन्य स्थानमा आक्रमणमा पनि उनीहरु सक्रिय हुँदै आएको सुरक्षा निकायले जनाउँदै आएका छन्। यि सबै गतिविधीको जानकार भारतीय सूरक्षा निकायले निकै सचेत भएर बालकोटमा रहेको लडाकुको क्याम्पमा दोस्रो सर्जिकल स्ट्राइक गरेको भारतीय सेनाको दावी छ। 

वालकोट बस्ती नभएको पहाडी र जंगली क्षेत्र हो त्यसैले यहाँ अन्य मानिसको ज्यान जाने सम्भावना निकै कम हुने सेना बताउदछ। बस्ती नभएको सोहि क्षेत्रमा गरिएको भारतीय आक्रमणमा केही लडाकुको ज्यान गएको सेना बताउछ। तर त्यहाँ लडाकुहरुको ज्यान गएको बारेमा पाकिस्तानले अस्वीकार गर्दै जंगल र पहाडी क्षेत्र बम खसालेको जनाउदै आएको छ।

४० भन्दा बढी सैनिकको ज्यान लिने गरि गरिएको पुलवामाको आतंकवादी आक्रमण पछि ति संगठनमाथि कारबाही अघि बढाउनुको सट्टामा पाकिस्तानले भारतीय हवाई क्षेत्रको उलंघन गर्दै सार्वजनिक चासोलाई अन्यत्र मोड्न चाहेको भारतले भन्दै आएको थियो। आतंकवादको विरुद्धमा कावाही गर्नुको साँटो आफ्नो हवाई क्षेत्रमा पसेर पाकिस्तानले युद्धको जस्तो अवस्था सिर्जना गरेको भारतको ठम्याई छ। आतंकवादको मुख्य विषयबाट ध्यान हटाउने यो पाकिस्तानको परम्परागत नीति रहेको भारतको आरोप छ।

पाकिस्तान र भारतबीच तनाव बढेको खण्डमा यसले न्युक्लियर द्वन्द्वको अवस्था पनि सिर्जना हुनेसक्ने अन्तर्राष्ट्रिय रक्षा विज्ञहरु बताउदछन्। पाकिस्तानले आणविक हतियारको त्रास देखाएर विश्वको ध्यान खिच्ने गरेको र यहिँ त्रासलाई आधार मानेर चलाखीपूर्ण तरिकाले आतंकवादीलाई बचाउँदै आएको भारतीय सुरक्षा विज्ञहरुको भनाई छ।

भारतीय हवाइ सेनाका पाइलट अभिनन्दलाई पाकिस्तानले फिर्ता गरेपछि केहि मत्थर जस्तो देखिएता पनि काश्मिरमा दिनहु जस्तो मुडभेड जारी छ।  दुवै पक्षहरुबीच बढ्दो तनावलाई हल गर्ने विषयमा छलफलमा रहँदा समेत भारतमा आतंकवाद विस्तारको नीतिमा पाकिस्तान अडिग देखिने गरेको र यसबाट सुरक्षित रहनका लागि पाकिस्तानले जहिले पनि आतंकवादी आक्रमण हुँदा आफूलाई कुनै जानकारी नरहेको बताउने गरेको भारतीय रक्षा विश्लेषकहरु बताउदछन्। तर पाकिस्तानले भने भारतले काश्मिरको मुद्धालाई ओझेलमा राख्न र अन्तर्राष्ट्रिय जगतमा भ्रम फैलाउने गरेको आरोप लगाउदै आएको छ।

यसैबीच, पुलवामा आक्रमणमा पनि पाकिस्तानले यस्तै नीति अख्तियारी गरेको भारतीय रक्षा क्षेत्रका जानकारहरुको बुझाई छ। पाकिस्तानमा आश्रय लिइ भारतमा आक्रमणमा उत्रने गरेका आतंकवादीको कहिल्यै पनि पोल खोल्न नसक्ने अवस्था सिर्जना हुँदा पाकिस्तान यसबारे जिम्मेवार पनि नहुने अवस्थाले गर्दा भारतका लागि स्थायी टाउको दुखाई रहेको रक्षा जानकारहरुलाई उदृत गर्दै भारतीय मिडियाहरुले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ