arrow

इमरान खानले भने, 'म नोबेल पुरस्कारको लागि योग्य छैन'

logo
प्रकाशित २०७५ फागुन २० सोमबार
Imran-Khan-PTI2_19_2019_000174B1.jpg

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारको लागि योग्य नरहेको प्रतिक्रिया दिएका छन् । भारतीय विङ कमाण्डर अभिनन्दनलाई फिर्ता गरेर भारत र पाकिस्तानबीचको तनाव अन्त्य गरेको भन्दै उनलाई नोबेल शान्ति पुरस्कार दिनको लागि माग गरिएको थियो । 

विभिन्न पाकिस्तानी नेताहरु र दखान सरकारका मन्त्रीहरुले समेत त्यस्तो माग गरिरहँदा खानले भने ट्वीटर मार्फत् आफू नोबेल शान्ति पुरस्कारको योग्य नरहेको प्रतिक्रिया दिएका हुन् । उनले नोबेल शान्ति पुरस्कार यस्तो व्यक्तिलाई दिनु पर्छ जसले मानवता र शान्तिसँग जोडिएको कस्मिरको जस्तो मुद्दालाई हल गर्न सकोस् । 

उनले दीर्घकालको लागि कस्मिरको मुद्दा जसले हल गर्न सक्छ उसैलाई नोबेल शान्ति पुरस्कार दिन पनि माग गरेका थिए । उनलाई २०२० मा दिईने नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गर्नको लागि पनि पाकिस्तान सरकारसँग पाकिस्तानी नागरिक र नेताहरुले समेत माग गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ