काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदको प्रदेशबाट निर्वाचित हुने पदको मतगणना जारी छ। ४ सय मत गन्दा प्रदेश १ बाट गुरु घिमिरेर भिष्मराज आङदेम्वे अगाडी रहेका छन्। घिमिरे पौडेल पक्षका हुन भने आङदेम्वे देउवा पक्षका हुन। उनिहरुलाई देउवा पक्षका अमृत अर्याल र पौडेल पक्षका अनिलकृष्ण प्रसाईले पछ्याएका छन्।
प्रदेश २ बाट पौडेल पक्षका आनन्द प्रसाद ढुङगाना र देउवा पक्षबाट रमेश रिजाल अगाडी देखिएका छन्। उनीहरुलाई तेजुलाल चौधरी र हरेश प्रसाद महतोले पछ्याएका छन्। प्रदेश नम्वर ३ बाट भने पौडेल पक्षकै दुई जना अगाडी छन। पौडेल पक्षका नविन्द्रराज जोशी र रामनाथ अधिकारी अगाडी छन् भने देउवा पक्षका मोहन बहादुर बस्नेत अधिकारी भन्दा थोरै मतले पछि छन्। देउवा पक्षकै ध्यानगोविन्द रञ्जित पनि उनीहरुलाई पछ्याइरहेका छन्।
प्रदेश ४ बाट पौडेल पक्षका गोविन्द भट्टराई र देवराज चालिसे अगाडी छन्। उर्नीहरुलाई देउवा पक्षका सुरेन्द्रराज पाण्डे र अर्जुनप्रसाद जोशीले पछ्याएका छन्। प्रदेश ५ बाट पौडेल पक्षका दिपक गिरी र देउवा पक्षका देवेन्द्रराज कँडेल अगाडी छन्। उनीहरुलाई देउवा पक्षका भरत कुमार शाह र पौडेल पक्षका रेवती प्रसाद भुसालले पछ्याएका छन्।
प्रदेश ६ र ७ बाट पनि मिश्रीत परिणामको रुझान देखिएको छ। मत परिणाम अनुसार प्रदेश ६बाट पौडेल पक्षका हृदयराम थानी र देउवा पक्षका जीवन बहादुर शाही अगाडी छन्। उनीहरुलाई देउवा पक्षका गोपालजीजंग शाह र पौडेल पक्षका दीनवन्धु श्रेष्ठले नजिकबाट पछ्याएका छन्। यसैगरि प्रदेश नम्वर ७बाट पौडेल पक्षका दिलेन्द्र प्रसाद बडु र देउवा पक्षका बीर बहादुर बलायर अगाडी छन्।