arrow

वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार

धनुषा। वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ। सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताए। यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन।

उनले भने, “अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ।” उनले रेलले एक घण्टाको समयमा जयनगर–कुर्थाको दूरी पार गर्ने बताए। पाँच सय यात्रु बोक्ने रेलले दैनिक सो स्थानमा सेवा दिने मिश्रले बताए।

‘राजपाको महाधिवेशन छिट्टै गराइने’
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले छिट्टै पार्टी महाधिवेशन गराउने पक्षमा आफू रहेकाले महाधिवेशन नचाहनेले आफु विरुद्ध षडयन्त्र गरी बदनाम गराउने प्रयास गरेको आरोप लगाएका छन्।

उनका पूर्वस्वकीय सचिव रवीन्द्रकुमार चौधरी(राजेश)ले तलब नदिएको बहानामा विभिन्न आरोप लगाएपछि महतोले त्यसको खण्डन गर्दै महाधिवेशन नचाहनेको षडयन्त्र भएको बताए। प्रेस मञ्च नेपालले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “म विरूद्ध भई रहेको षडयन्त्रलाई हेर्दा मलाई कुनै आश्चर्य लागेको छैन, अहिले म आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा तोकेकै समयमा पार्टीको महाधिवेशन गराउन लगाएको हुनाले अरू सानो तिनो कुरामा आरोप प्रत्यारोप लगाएकामा मेरो कुनै चासो छैन।”

राजपामा बढ्दो सक्रियता र जनप्रभावले आत्तिएर पार्टीभित्र तथा बाहिरका केही शक्तिहरू आफू विरूद्ध लागेको बताउँदै महतोले महाधिवेशनसम्म यस्तो स–साना कुरामा आफू न अल्झिने प्रतिक्रिया दिए। महतोका स्वकीय सचिव भएर कार्य गर्नुभएका चौधरीले आफ्नो फेसबुकमार्फत तलब नदिएको, झूठो हस्ताक्षर गरेर तलबको रकम हिनामिना गरेको जस्ता आरोप लगाउनुभएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ