arrow

भोली सकिएला त सवै गणना ?

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
mat-gadana.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचनका लागि भएको मत गणना भोली सोमवार सक्ने तयारी भएको छ । 
 
केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले भोली सोमवार सम्ममा सवै मतगणना सम्पन्न गर्नेगरी तयारी भईरहेको जानकारी दिए । 
 
काँग्रेसको केन्द्रीय सदस्य मध्ये खुल्ला तर्फको २५ केन्द्रीय सदस्य र प्रदेश तर्फको २ जनाको दरले सात प्रदेशको १४ केन्द्रीय सदस्य चयन गर्ने मत गणना पुरा हुन वाँकी छ । 
 
दुवै तर्फको झण्डै आधा मत मात्रै गणाना गरिएकाले अझै आधा मत वाँकी रहेको छ । निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले खुल्ला तर्फको आज विहान ८ बजेदेखि र प्रदेश तर्फको ११ बजेदेखि गणाना सुरु गरिएको बताए । 
 
पराजुलीका अनुसार खुल्लाको अहिले तिन ठाउमा भएपनि दिउसो देखि ४ ठाउमा र प्रदेश तर्फको अहिले २ ठाउमा भएपनि दिउसो देखि ३ ठाउमा मत गणना गर्ने तयारी भईरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ