arrow

पाकिस्तान—भारतबीचको रेल सेवा पुनः सुरु

logo
सिन्ह्वा,
प्रकाशित २०७५ फागुन २१ मंगलबार
samjhauta-express-railway.jpg

नयाँ दिल्ली, इस्लामाबाद। भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरी सुरु भएको छ। दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन्।

पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो। “सम्झौता एक्सप्रेसको रेल स्थानीय समय अनुसार सोमबार विहान ११.३० बजे अत्तारी रेल स्टेशन पुगेको थियो,” एक जना भारतीय अधिकारीले बताए।

पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारत तर्फ प्रस्थान गरेको सो रेलमा १५० जना यात्रु रहेको सोमबार जनाएका छन्।

भारत प्रशासित काश्मिरको पुलवामामा फेब्रुवरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवा अवरुद्ध भएको थियो।

सामान्यतया सोमबार र बिहिबार दुई देशबीचमा रेल सेवा संचालन हुदै आएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले गत फेब्रुअरी २८ मा दुई देशीय रेल सेवा सञ्चालन नगर्ने घोषणा गरेको थियो।

तर भारतको राजधानी नयाँदिल्लीदेखि पाकिस्तानको पन्जाब प्रदेशको राजधानी लाहोरसम्मको अन्तरदेशीय बस सेवा भने रोकिएको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ