arrow

चार आयोगका अध्यक्षको नाम अनुमोदन

logo
रासस,
प्रकाशित २०७५ फागुन २१ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं। संसदीय समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ। समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेसी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

सम्बैधानिक परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेसी आयोग, डा विजयकुमार दत्तलाई मधेशी आयोग र विष्णुप्रसाद चौधरीलाई थारु आयोगको अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनवाईका लागि परिषद्ले समितिमा पठाएको थियो। उनीहरुको योग्यता, रुची, सोच, अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा सम्बैधानिक परिषद्ले आयोगका पदाधिकारीको नाम सिफारिस गरेकोप्रति असहमति जनाउँदै नेपाली काङ्ग्रेसका तर्फबाट समितिमा रहेका सांसदको भने बैठकमा अनुपस्थिती रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ