arrow

भारतमा एयर स्ट्राइकले लोकसभामा कस्तो पार्छ असर ? पहिलेको युद्धमा थियो यस्तो

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
modi_news.JPG

नयाँ दिल्ली । पुलवामा हमलापछि भारतले गरेको एयर स्ट्राइक तथा भारत-पाकिस्तान सीमामा तनावकाबीच प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता समेत बढ्न सुरु भएको छ । मार्केट विशेषज्ञ तथा राजनीतिका जानकारहरुका अनुसार पीएमको लोकप्रियता बढ्नुको साथै एयर स्ट्राइकको विषय फेरि विशुद्ध राजनीतिक मुद्दातर्फ फर्किएको छ । राष्ट्रिय सुरक्षा तथा सीमामा आतंकवाद तथा भारत(पाकिस्तानकोबीच बढ्दै गरेको तनाव जस्तो मुद्दामा बीजेपीका नेताहरुले समेत स्वीकार्ने गरेका छन् । आर्थिक स्तरमा सरकारको सामने जुन चुनौतीहरु देखा परेका छन् । त्यो अहिले छायामा परेको छ । अहिले जीडीपीको समस्या, बेरोजगारीमा बढोत्तरी भएको समस्या, किसानहरुको समस्या जस्ता मुद्दाहरु अहिले पछि पर्दै गएको छ।  

युद्ध तथा चुनावको के छ कनेक्शन ?
भारत तथा पाकिस्तानबीच अहिलेसम्म ३ पटक युद्ध भएको हो । सन् १९६५ मा, १९७१ तथा १९९९ मा युद्ध भएको हो । १९६५ मा भएको युद्धको २ वर्ष  पछि १९६७ मा चुनाव भयो । सो समय काँग्रेसको कूल मत ३६१ सीट घटेर २८३ मा सीमित भएको थियो । सन् १९७१ को युद्धको ८ महिना पछि चुनाव भयो । सो समयमा इन्दिरा गान्धीको सत्तामा पुनरावृत्ति भयो । यी ३ युद्धमा युद्धहरुमा कवल १९९९को कारगिल युद्ध मात्रै त्यस्तो युद्ध थियो जुन युद्ध पछि भएको चुनावमा स्थिति बहुमतभन्दा केहि फरक आयो । कारगिल युद्ध मे देखि जुलाईसम्म १९९९मा भएको थियो । यसपछि भएको चुनावमा अटल बिहारी वाजपेयीको नेतृत्वमा बीजेपीको सिट संख्यामा केही खास असर परेन । बरु भोटको प्रतिशत भने बढेको देखिन्छ । 

करगिल युद्धबाट सिक्न लायक कुरा 
१९९९मा कारगिल युद्धको ठीक पछि भएको लोकसभा चुनावमा अटल बिहारी वाजपेयीको नेतृत्वमा बीजेपीको १८२ सीट मिल्यो । यो १९९८ लोकसभा चुनावको सीट संख्याको हिसावमा बराबर थियो । तर भोट भने १ दशमलव ८४ प्रतिशतले बढेको देखिन्छ । यसको सामान्य अर्थ यो मान्न सकिन्छ कि भोट प्रतिशतमा भएको भिन्नताले कारगिल युद्धपछि जनतामा वाजपेयी सरकारको सकारात्मक भावनाको विकास भएको थियो । 

उत्तर प्रदेशमा बीजेपीलाई १९९९ मा लागेको थियो झटका 
अचम्मको कुरा त यो छ कि कारगिल युद्धमा बीजेपीको कुल भोट शेयर बढेको देखिन्छ । तर, उत्तर प्रदेशमा भने यो हिस्सा ९ प्रतिशतले घटेको छ । १९९८ को चुनावमा बीजेपीलाई जहाँ ५७ सिट लोकसभामा जितेकोमा त्यो स‌ंख्या घटेर २९ मा सीमित भएको थियो । विजेपीले दोस्रो ठूलो राज्य पञ्जावमा पनि केही नोक्सानी बोहोर्नु प¥यो । यो दुई राज्यमा भने अन्यत्र जस्तो कारगिल युद्धको विजयी भावको सकारात्मक असर परेन । 

कारगिल युद्धको अर्काे पाटो 
कारगिल युद्धमा विजयको प्रभाव सकारात्मक रुपमा नपरेको भन्ने सवाललाई पनि विश्लेषकहरु पूरा रुपमा मान्न भने तयार देखिँदैनन् । अर्काे पक्ष भन्ने गर्दछ कि कारगिल युद्धको समयमा रहेको वाजपेयी सरकार कुनै बहुमत प्राप्त पार्टीको सरकार थिएन । सबै जोडतोड गरेर पु¥याएको काम चलाउ सरकार थियो । यसकारण कोही उपलब्धी नभएको कारण पनि १९९९ मा भारतीय जनता पार्टीको सिट कम भएन । यो नै आफैंमा एउटा ठूलो संकेत हो । अर्काे पक्षधर विश्लेषक भन्छन् ‘बीजेपीको सीटमा कमि नहुनु भनेको त्यतिबेलाको भारतीय जनता पार्टीको सर्वश्रेष्ठ प्रदर्शन थियो । यस प्रदर्शनको सबैभन्दा ठूलो जस शानदार वक्ता पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको व्यक्तित्व माथि जान्छ । केही राजनीतिक जानकारहरु यो पनि भन्छन् कि काँग्रेस त्यतिबेला आफ्नो आन्तरिक किचलोमा थियो । त्यसैले त्यहाँ भित्र अन्तर्घातका कारण पनि वीजेपीले चुनाव जितेको हुनसक्छ । 

के होला २०१९ मा ?
पहिले केही खस्किएको देखिने मोदीको उचाई पछिल्लो समयमा केही घटनाक्रमहरुले माथि उचालेको छ । अहिले विपक्षीहरुले सेनाको एयर स्ट्राईक माथि नै आशंका गरिरहेका छन् भने मोदीले त्यसैमाथि समेत विपक्षीमाथि धावा बोलिरहेका छन् । यसरी नै चलिरहेको भारतीय राजनीति आगामी ३ महिनासम्ममा कस्तो स्थितिमा पुग्छ ? त्यसमा नै निर्भर हुने देखिएको छ । अहिले विपक्षीहरुले एयर स्ट्राईकको प्रमाण माग गरिरहेका छन् भने सरकारले सेनाको क्षमतामाथि शंका गरेको भन्दै प्रतिरक्षा गरिरहेको छ । यसले चुनावको समयसम्म यही विषयले चर्चा पाईरहने देखिन्छ । 

यसरी चुनावसम्म यही विषयले चर्चा पाईरहँदा धेरैले यसमा मोदीको सफलताको विषयमा आशंका गर्ने र नजानेकाले जान्ने मौका पाउँछन् । त्यसपछि कुनै बाटोबाट मोदीले एयर स्ट्राईकको प्रमाण देखाईदिए भने त्यसले मोदीलाई फाईदा गर्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ